Connect with us
Kapilvast Forest

छैठौं चन्द्रौटा महोत्सव भोलीबाट

२०७६, १३ पुष आईतवारमा प्रकाशित

  • सनिउल्ला धोबी

कपिलवस्तु  पौष १३, कपिलवस्तुको चन्द्रौटामा हुन लागेको औद्योगिक व्यापार मेला कृषि पर्यटन महोत्सवको तयारी पुरा भएको छ । उद्योग बाणिज्य संघ चन्द्रौटाको आयोजनामा पुस १४ गतेदेखि २६ गतेसम्म सञ्चालन हुन लागेको मेलाको तयारी पुरा भएको जनाएको छ । आईतवार महोत्सव स्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सवको तयारी सकिएको मुल आयोजक समितीका संयोजक जमसेर अलि मियाले बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै संयोजक मियाले चन्द्रौटा क्षेत्रमा पछिल्लो समयमा उद्योगहरुको सख्या बढिरहेकोले ति उद्योगलाई संरक्षण गर्ने जनाउनुभयो । महोत्सवमा उद्योगका स्टलहरु रहेकोले प्रचार प्रसारमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । संचार क्षेत्रका कारण पनि यस क्षेत्रमा उद्योगहरु आउने क्रम बढिरहेको भन्दै चन्द्रौटा कृष्णनगरलाई औद्योगिक करिडोरको रुपमा विकास गर्नुपर्ने जनाउनुभयो ।

शिवराज नगरपालिकालाइ औद्योगिक र व्यापरिक नगर क्षेत्रको रुपमा स्थापित गर्ने तथा सांस्कृतिक सम्पदाहरुको जर्गेना गर्ने मुख्य उद्देश्यले आयोजित महोत्सवमा स्थानीय उत्पादन र बजारलाई प्रमुख ग्राहयता दिने आयोजकले जनाएको छ । महोत्सवको समउद्धघाटन उद्योग बाणिज्य माहासंघका केन्द्रिय उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुहुने भएको छ ।

कृषि पर्यटन र औद्योगिक विकाश हाम्रो अभियान ,आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ आयोजित महोत्सव उद्धघाटन समाहोरमा विभिन्न झाकी प्रदर्शन,विभिन्न जातजातीका भेषभुषा तथा कला संस्कृतिको प्रस्तुति रहने जनाइएको छ ।
मेलामा बालउद्यान, झुला तथा कृषि जन्य उत्पादनको मेला स्थलबाट सहजै अवलोकन गर्न सकिने आयोजकले जनाएको छ ।

महोत्सवमा नेपाली चलचित्र जगतका नायक राजेश हमाल सहित राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुको उपस्थितीले महोत्सवकोे रौनतकता छाउने उद्योग वाणिज्य संघ चन्द्रौटाका वरिष्ठ उपाध्यक्ष ईश्वरी पाण्डेले बताउनुभयो । पुराना महोत्सव भन्दा यसपटकको महोत्सवमा केहि फरक हुने महासचिव दमन भाटको दावी छ । त्यस्तै छैठौं चन्द्रौटा महोत्सवको डन्स आइडललाई मुख्य आकर्षण रुपमा हेरिएको छ ।

छैठौं चन्द्रौटा डान्स आइडलको प्रथम पुरस्कार रु ५० हजार एक सय एघार, दोस्रो पुरस्कार रु.३० एक सय एघार र सन्त्वना पुरस्कार दुई जनालाई रु १० हजार १ सय ११ रहेको महोत्सव मुलआयोजक समितिले जानकारी गराएको छ । पत्रकार सम्मेलन मार्फत पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुषालले महोत्सवले जिल्लाका एतिहासिक तथा पर्यटकिय स्थलको प्रवद्र्धन गर्ने जनाउनुभयो ।

महोत्सवमा स्थानिय स्तरमा उत्पादित कृषि उत्पादनका सामाग्री प्रदर्शन हुने भएकाले पत्रकारहरुलाई रिपोर्टिग गरेर राष्ट्रिय स्तरमा पुर्याउनुपर्ने जिकिर गर्नुभयो । पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य निशा विश्वकर्मा,पुर्व जिल्ला अध्यक्ष भेषराज पाण्डेले महोत्सवको सफलताको कामना गरे ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu