Connect with us
Kapilvast Forest

कामना सेवा विकास बैंकद्धारा न्यानो कपडा वितरण

२०७६, १३ पुष आईतवारमा प्रकाशित

  • कृष्ण गैरे, कपिलवस्तु पुष १३,

 कामना सेवा विकास बैंक लिमिडेट कपिलवस्तु चन्द्रौटा शाखाले सुकुम्वासी बस्तीमा न्यानो कपडा स्वीटर वितरण गरेको छ । कामना बैकंले कपिलवस्तुको शिवराज नगरपालिका वडा १ बनकसवासामा रहेको जागृती आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा स्वीटर वितरण गरेको हो । चिसो बढ्दै गइरहेका बेला कामना सेवा विकास बैंक लिमिडेट कपिलवस्तु चन्द्रौटा शाखाले ६० जना विद्यार्थीलाई न्यानो कपडा स्वीटर वितरण गरेको वैंकका साखा प्रमुख अनिश लुईटेलले जानकारी दिनुभयो । तराईको चिसो र सितलहरवाट प्रभावीत भएकाले विधार्थीहरुलाई न्यानो कपडा वितरण भएपछि वालवालीकालाई राहत पुगेको वैंकले विश्वास व्यतm गरेको छ ।

न्यानो कपडा स्वीटर वितरण कार्यक्रममा बोल्दै शिवराज नगरपालिका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि नेत्रराज अधिकारले कामना सेवा विकास वैंकले गरेको कामको प्रशांसा गर्नु भयो । अधिलकारीले वैंकको यो कार्यले विधालयका विधार्थीहरुलाई राहत महसुस भएको वताउनुभयो । आगामी दिनमा पनि सामाजीक कार्यमा लाग्न कामना वैंकलाई सुझाव दिनुभएको छ ।

कामना सेवा विकास बैक लिमिटेडका लागानी कर्ता इश्वरी प्रसाद पाण्डेयको अध्यक्षतामा बनकासबासामा पुगेर उनीहरुलाई न्यानो कपडा स्वीटर विरतण गरीएको हो । कार्यक्रम शिवराज नगरपालिकाको उपप्रमुख शिव कुमारी थारु, शिवराज नगरपालिका वडा नं १ का वडा अध्यक्ष जगत बहादुर जिसी, चन्द्रौटा उद्योग वाण्ज्यि संघका महासचिव नारायण भाटको आतीथ्यता , वैंकका साखा प्रमुख अनिस लुईटेलको संचालन र सफल पोख्रेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu