Connect with us
Kapilvast Forest

‘विश्व विद्यालयले औचित्य पुष्टि गर्न सकेनन्’

२०७६, १४ पुष सोमबारमा प्रकाशित

Girirajmani-pokrel

 

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले एउटा विश्व विद्यालयको नक्कल गरी अर्को विश्वविद्यालय खडा गर्दैमा शिक्षाको गुणस्तरमा सुधार नहुने बताउनुभएको छ ।

नेपाल प्राध्यापक संघको कार्यक्रममा मन्त्री पोखरेलले विश्वविद्यालयले आफ्नो औचित्य पुष्टि गर्न नसके शिक्षाको गुणस्तरको समस्या समाधान हुन नसक्ने बताउनुभएको हो ।

‘मुलुकमा थुप्रै विश्व विद्यालय स्थापना छन्, तर तिनले आफ्नो छुट्टै औचित्य ठिक ढंगले पुष्टि गर्न सकिरहेका छैनन्’ उहाँले भन्नुभयो, ‘एउटा विश्व विद्यालयको नक्कल गर्नेगरी अर्को विश्वविद्यालय खडा गरेर समस्या समाधान हुँदैन ।’

मन्त्री पोखरेलले मुलुकमा विश्व विद्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । ‘हामीले विशिष्टिकृत ढंगको भूमिका निर्वाह गर्नुपर्ने छ’ उहाँले भन्नुभयो, ‘नयाँ ढंगले भूमिका खेल्नु छ । अहिलेको नीतिले नेपाललाई शिक्षाको महत्वपूर्ण हवको रुपमा विकास गर्ने अवधारणा लिएर आएको छ ।’

उहाँले शिक्षाको गुणस्तर निर्माणमा प्राध्यापकको महत्वपूर्ण भूमिका रहकोले पेशागत हकहितको प्रश्नलाई गुणात्मक शिक्षाको प्रश्नसँग जोडेर समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक धर्मकान्त बाँस्कोटाले राष्ट्रको निर्माण तथा नीति निर्माणमा प्राध्यापकले दिने शिक्षाको महत्वपूर्ण योगदान रहने बताउनुभयो । उहाँले विश्वविद्यालयको खम्बा प्राध्यापक भएकाे उल्लेख गर्दै अनुसन्धानात्मक तथा खोजमुलक शिक्षाले देशको भविष्य निर्माण गर्ने बताउनुभयो ।

कार्यक्रममा गुणस्तरीय शिक्षाका लागि प्राध्यापकहरुको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको थियो । नेपाल प्राध्यापक संघले नयाँ कार्यसमिति चयन भएपछि प्रमाण पत्र वितरण, कार्यभार हस्तान्तरण तथा सम्मान कार्यक्रम आयोजना गरेको हो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu