Connect with us
Kapilvast Forest

शिक्षामा बेथिति चार वर्षमा ३० अर्ब बेरुजु

२०७६, १५ पुष मंगलवारमा प्रकाशित

 

काठमाडौं । राजधानीबाट मंगलबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न फरक – फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।सोमबार जनता समाचार डट कम मा ‘खानेपानी विधेयकले मौलिक हक संरक्षण गर्छ’, जोगमाई क्यास्केडमा नेपाल बङ्गलादेश बैंकको ७६ करोड लगानी, बाइक रेसिङ प्रतियोगितामा विजेता बने राजकुमार र रोशन, ‘भ्रष्टाचारीलाई लखेट्नुपर्छ’, पाँचथरमा ७ हजार मेट्रिक टन सुन्तला उत्पादन,निस्शुल्क मुटु परीक्षण, २७ को शल्यक्रिया र देवघाट नेपालकै पहिलो सुरक्षित खानेपानीयुक्त वडालगायतका समाचार प्रकाशन गरिए ।

राजधानी दैनिकमा सरकारले शिक्षा क्षेत्रमा बजेटको दायरा फराकिलो बनाउँँदै गएपनि पछिल्ला चार वर्षयता ३० अर्ब रुपैयाँ बेरुजु देखिएको समाचारलाई प्रमुख स्थान दिइएको छ । यतिधेरै बेरुजुको कारण शिक्षा क्षेत्र कुशासनको चपेटामा पर्दै आएको समाचारमा विश्लेषण गरिएको छ । मन्त्रालयगत आधारमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय बढी बेरुजु हुने मन्त्रालयभित्र पर्छ । जबकि, शिक्षा क्षेत्रमा कम्तीमा कुल बजेटको २० प्रतिशत बजेट पुर्याउन माग भइरहेको छ ।

समाचारमा लेखिएअनुसार आर्थिक वर्ष २०७२र७३ मा ७ अर्ब ७६ करोड ४४ लाख र २०७३र७४ मा १० अर्ब ७९ करोड २९ लाख रुपैयाँ बेरुजु देखिएको थियो । यस्तै २०७४र७५ मा ७ अर्ब १४ करोड २७ लाख रुपैयाँ बेरुजु देखिएको थियो । २०७५र७६ मा ५ अर्ब ७३ करोड रुपैयाँ बेरुजु देखिएको तथ्यांकले देखाउँँछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu