Connect with us
Kapilvast Forest

कांग्रेसमा असन्तुष्ट समूहद्वारा छुट्टै भेलाको तयारी

२०७६, १५ पुष मंगलवारमा प्रकाशित

 

काठमाडौं । राजधानीबाट सोमबार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न फरक(फरक विषयका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।

आइतबार जनता समाचार डटकम मा चन्द्रौटा महोत्सव सोमबारबाट शुरूस् सम्पूर्ण तयारी पूरा, पर्यटकको आकर्षक गन्तव्य ‘ताज रिभरसाइट रिसोर्ट एण्ड एडभेन्चर’,कृषि विकास बैंकद्धारा ग्रिनहिल सिटी समाजलाई डस्टविन हस्तान्तरण, वृहत ट्राफिक सचेतनामूलक सप्ताह शुरु, कम्तिमा २२० दिन विद्यालय सञ्चालन हुनुपर्ने र ट्राफिक नियम लेख्दै धर्म प्रचारलगायतका समाचार प्रकाशन गरिए ।

राजधानी दैनिकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा असन्तुष्ट समूहले जिल्ला सभापतिहरुको छुट्टै भेला गर्ने तयारी गरेको समाचारलाई प्राथमिक समाचार बनाइएको छ । पार्टीमा संस्थापन समूहले बहुमतका आधारमा केन्द्रीय समितिको कार्यकाल थप्दै १४ औं महाधिवेशनको कार्यतालिका ल्याएपछि असन्तुष्ट समूहले जिल्ला सभापति भेलादेखि महाधिवेशन प्रतिनिधि भेलाको तयारी गर्न लागिरहेको समाचारमा लेखिएको छ ।

असन्तुष्ट समूहले पार्टीको संस्थापन पक्षले मनपरी ढंगबाट केन्द्रीय समितिको कार्यकाल थप गरेको, १४ औं महाधिवेशनको एकलौटी निर्णय गरेको, तरुण दलको म्याद थपेको, विधानका धारा निलम्बन गरेको, क्रियाशील सदस्यतामा मनपरी गर्न खोजेको र विधानविपरित विभाग गठनको तयारी गरेको लगायतका आरोप लगाउँदै छुट्टै भेलाको तयारी गरेको समाचारमा उल्लेख छ ।

नागरिक दैनिकमा ‘जबरजस्ती विकास’ शीर्षकमा मुख्य समाचार छ । समाचारमा विश्लेषण गरिए अनुसार विकासका नाममा ग्रामिण क्षेत्रमा जबरजस्ती खनिएका सडक मापदण्डविपरित देखिएका छन् । प्राविधिकको सामान्य लाइनका भरमा खनिएका ग्रामिण सडक वातावरणीय र प्राविधिक दुवै हिसाबले उपयुक्त छैनन् । तर यस्ता सडकले पार्ने दिर्घकालीन प्रभावबारे भने सरोकारवालाहरु मौन देखिन्छन् । पत्रिकाले उल्लेख गरेअनुसार यस्ता साना योजनामा डिपिआर सम्भव नहुने, सामान्य इस्टिमेट गरेर लाइन दिने काम बढी हुने र डोजर अपरेटरले आफ्नो हिसाबले खन्न शुरु गरिदिने हुनाले समस्या उत्पन्न हुने देखिएको छ ।

नागिरकले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यक्रम महत्वाकांक्षी भएपनि कार्यान्वयन निराशाजनक देखिएको र अभिव्यक्तिमा अंकुश शीर्षकमा अन्य दुई महत्वपूर्ण समाचारलाई पनि प्रथम पृष्ठमा समावेश गरेको छ ।

अन्नपूर्ण पोष्ट् दैनिकले ‘केन्द्रनिर्भर प्रदेश’ शीर्षकमा मुख्य समाचार बनाएको छ । समाचारमा लेखिए अनुसार संघीयताअनुसार प्रदेशसभा गठन भई प्रदेश सरकारको अभ्यास भएको दुई वर्ष पुग्दापनि प्रदेश २ बाहेकका ६ वटामा नेकपाको सरकार भएपनि गण्डकी, कर्णाली र सुदूरपश्चिमबाहेक अन्यले प्रदेशको नामाकरण र राजधानी तोक्न सकिरहेका छैनन् ।

संविधानको धारा २८८ ९२० मा प्रदेशको राजधानी सम्बन्धीत प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुईतिहाइ बहुमतबाट निर्णय गरिने उल्लेख भएपनि प्रदेशको नेतृत्व गरिरहेका नेकपाका नेताहरु यसबारे पार्टी नेतृत्वको मुख ताक्न थालेका छन् । पत्रिकामा उल्लेख भएअनुसार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौंमा पार्टीका शीर्ष नेताहरुकहाँ केही समययता तीव्र दौडधुप र लबिङ गर्नुभएपछि नेकपाको सचिवालयले नै प्रदेशको नाम र राजधानीबारे निर्णय गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

अन्नपूर्णमा पुननिर्माणका क्रममा रहेको दशरथ रंगशालाबारे ‘जहिल्यै हतारको काम’ शीर्षकमा अर्को मुख्य समाचार पनि प्रकाशित गरेको छ ।

आजको कारोबार दैनिकमा जलविद्युतमा ८५ अर्बको लगानी स्वीकृत शीर्षकमा पहिलो पृष्ठमा समाचार छापिएको छ । समाचार अनुसार लगानी बोर्डले तीन जलविद्युत् आयोजनाको लागि ८५ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बसेको ४२ औं बैठकले यस्तो निर्णय गरेको समाचारमा उल्लेख छ । यसैगरी पत्रिकामा डेडिकेटेड फिडरमा चरम लापरवाही , बाख्राको दूध प्रतिलिटर एक हजार रुपैयाँ र ४० हजार भौचरको तथ्यांकै गायब ल जस्ता समाचारहरुले पनि प्रथम पृष्ठमा स्थान पाएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu