Connect with us
Kapilvast Forest

लिम्पियाधुरा विवाद समाधान प्रकृया अगाडि बढ्यो:गृहमन्त्री थापा

२०७६, १५ पुष मंगलवारमा प्रकाशित

 

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले लिम्पियाधुराको विवाद समाधान प्रकृया अगाडि बढिरहेको बताउनुभएको छ ।राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा मंगलबार गृहमन्त्री थापाले सीमा सुरक्षाका सवालमा दार्चुलामा प्रहरी चौकी स्थापनाको प्रकृया अगाडि बढेको जानकारी गराउनुभयो । सशस्त्र प्रहरीका बलका लागि चौकी स्थापना गर्न बजेट छुट्याइएको समेत उहाँको भनाई छ ।

‘सिंगो राष्ट्रको सुरक्षाका लागि बिओवी विस्तार गर्ने मन्त्रिपरिषदको निर्णय अनुसार प्रकृया अगाडि बढेको छ,’ उहाँले भन्नुभयो, ‘दक्षिणमा भारतसँग सीमा जोडिएका क्षेत्रमा १०५ र उत्तरमा ७ ओटा बिओपी थप्न प्रकृया अगाडि बढेको छ ।’

त्यसक्षेत्रमा जान बाटो बनाउने प्रकृया शुरु भएको र मन्त्रिपरिषद्को बैठकले बजेट विनियोजन गर्ने निर्णय भएको उहाँले बताउनुभयो । भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई पनि राखेपछि त्यसको सर्वत्र विरोध भइरहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu