Connect with us
Kapilvast Forest

चन्द्रौटा महोत्सवको आज दोस्रो दिन, १५ लाख बरावर कारोवार

२०७६, १५ पुष मंगलवारमा प्रकाशित

अर्जुन बेल्बासे,कपिलवस्तु-
कृषि पर्यटन र औद्योगिक विकाश हाम्रो अभियान ,आन्तरीक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ पुस १४ गते देखि२६ गते सम्म लाग्ने छैठौं चन्द्रौटा महोत्सबको आज दोस्रो दिन हजारौँ दर्शकले मेलाको अवलोकन गरेका छन । महोत्सवमा आज मगंलवार संजिभ सिंह राना,दिक्षा सुनार, प्रदिप त्रिपाठी ,डान्सर शारदा भुसाल,ढाकाराम पौडेल ले आफनो प्रस्तुती राखेका थिए । महोत्सवमा युवा पुस्ताहरुको साथमा कलाकार पप गायक सञ्भि सिहं रानाले सबैलाइ नचाएका थिए ।

त्यस्तै महोत्सवमा दर्शकहरुको ध्यान जे डि सी डान्स ग्रुप र नमस्ते डान्स ग्रुपको नित्यले दर्शकहरुको ध्यान आकर्षण गरेको थियो ।हिजो देखि सुरु भएका महोत्सवमा सोमवार लगभग ६ हजार दर्शकले महोत्सवको अवलोकन गरेका थिए ।

त्यस्तै महोत्सवमा आज १५ लाख बरावरको कारोवार भएको आयोजक ले बताएको छ ।यस्तै महोत्सवको तेस्रो दिन भोली बुधबार आकर्षकको रुपमा सपना गाहा, श्री निवास चौधरी, प्रिया भण्डारी ,सारदा भुसाल,दिपु मगर लगायत स्थानिय कलाकारको प्रस्तुती सगँ सगैँ डान्स ग्रुपको प्रतुति रहने आयोजक ले जानकारी गराएको छ ।त्यस्तै भोली देखि सुरु हुने छैठौ चन्द्रौटा डान्स आइडलको पहिलो दिन १० जनाले प्रतिशप्रधा गर्ने आइडल संयोजक सुमन पौडेलले जानकारी दिए ।

महोत्सवमा बालउद्यान,मतकाकुवा , राष्ट्रिय कलाकार,डान्स गु्रपको प्रस्तुति ,स्थानीय स्तरमा उत्पादित कृषि, उद्योग, हस्तकला, जडिबुटीहरुको प्रदर्शनीका स्टलहरु मेलाका आकर्षककमा रुपमा रहेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu