Connect with us
Kapilvast Forest

१ सय ७९ बिपन्न परिवारलाई कर्कटपाता वितरण

२०७६, १५ पुष मंगलवारमा प्रकाशित

कपिलवस्तु १५ पुस
कपिलवस्तु नगरपालिकाले जारी खारेको फुसको छानोमुक्त गर्ने अभियान अन्र्गत वडा नम्बर ३ का १ सय ७९ बिपन्न परिवारलाई कर्कटपाता बाडेको छ । बर्षो देखि फुसको घरमा जीवन निर्वाह गरीरहेको त्री परिवारलाई ककर्टपाता बाडिएको हो । ४१ एमएम र २६ गेजको रंगीन जस्ता पता बाडिएको हो । नगरप्रमुख किरण सिंह प्रमुख प्रशासकीय अधिकृत बिमलराज आचार्य, वडा अध्यक्ष प्रकाश गैरेले संयुक्तरुपमा जस्तापता हस्तान्तरण गरेका थिए ।

आगलालीका घटना न्युनीकरण तथा बिपन्न परिवारलाई लक्षित गरी आफुहरुले चाथौ नगर सभाबाट नै कार्यक्रमको सुभारम्भ गरेको उनले बताए । अभियानकालागि गत बर्ष ६० लाख र यस बर्ष ए्क करोडको जसअपता खरिद गरिएको उनले बताए । आगमी २ बर्ष भित्र नगरपालिकालाई फुसको छानामुक्त बनाउने गरी कार्य योजना बनाईएको उनले बताए । नगरपालिकाल भित्र रहेको १२ वडामा कुल २ हजार ७२५ फुस घर रहेको प्मुख प्रशासकीय अधिकृत बिमलराज आचार्यले बताए ।

‘ हामीले १२ वटै वडाका गाउ बस्तीमा कर्मचारीहरु खाटएर फुस घरको संख्या यकिन गरेका हौ ’ उनले भने ‘ सबै वडाका फुस घरलाई क्रमशः बजेटले भ्याए सम्म बितरण गर्दै जानेछौ ’ । कुन फुस घरले कतिवटा ककर्टपाता पाउने हो प्राबिधिक टोलीले यकीन गरेका आधारमा कर्कटपाता बाडिने छ । वडा अध्यक्ष प्रकाश गैरले आफनो वडामा रहेको गरीब र बिपन्न परिवार यसबाट लाभांवित भएको बताए । सबै भन्दा बढी गरीब र बिपन्न परिवार रहेको बिशंभपुरबासीले जसपता पउदा दंग परेको बताए ।

बर्षो देखि फुसको घरमा गुजरा चलाउदै आएकी बिशंभरपुरकी ज्ञानमचती केवटले घर बनाउन टिनको पाता पाउदा निकै खुशी लागेको बताईन । मेहनत मजदुरी गरेर जीवनयापना गरीरहेका उनको ७ जनाको परिवारे टिनको छानाले बनेको घरमा बस्न पाउदा आफनो बर्षोको सपना साकार हुन लागेको बताईन ।उनले टिनको छानाले आफनो परिवारलाई खुशियाली दिएको बताईन । ‘ फुसको घरमा बस्दा पानी हावा हुरी र पानी चुहिएर निर्कै दःख पाईएको थियो, अब भने त्यसबाट मुक्त हन्छौ ’ उनले भनिन । बर्षो देखि फुसको रमा बस्दै आएका आफुहरु जस्ता बिपन्न परिवारलाइए नगरपालिकाले ठुलो उपहार दिएको उनले बताईन । यसअघि वडा नम्बर १, २, ४ का बिपन्न परिवारले जस्तापाता पाई सकेको छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu