Connect with us
Kapilvast Forest

रोल्पाको सादोबाटोमा अग्लो चुच्चे ढुङ्गामा चढी पर्यटक रमाउदै

२०७६, १५ पुष मंगलवारमा प्रकाशित

राम बहादुर बिश्वकर्मा रोल्पा /

विभिन्न आकर्षक विरुवाहरु रोपेर बनाइने सजावटसहितको फूलबारीलाई ‘बगैंचा’ भन्ने गरिन्छ । तर,रोल्पा जिल्ला रोल्पा नगरपालिका स्थित सादोबाटोमा ढुङ्गै ढुङ्गाबीचमा रहेको अग्लो भू–भागमा एक नमूना बगैंचा निर्माण गरिएको छ । सुन्दा सबैलाई अचम्म लाग्नसक्छ, तर यो यथार्थ हो । यतिबेला रोल्पामा निर्मित उक्त बगैंचा आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । ढुंगे बगैंचा (रक गार्डेन) का रुपमा विकसित हुँदै गरेको उक्त बगैंचा पुग्नका लागि सदरमुकाम लिबाङदेखि र रोल्पा जिल्लाको पहिलो व्यापारिक केन्द्र सुलिचौरबाट करिव आधा घण्टाको यात्रा गर्नुपर्छ ।

हिउँदमा हिउँ खेल्ने डाँडो, गर्मियाममा चीसो हावासँग आनन्द लिने रोल्पा जिल्लाकै मनोरम र अग्लो डाडामा बगैंचा निर्माण गरिएको छ । रोल्पा जिल्लाकै भौगलिक रुपमा अग्लो र सबै स्थान देखिने भएकोले त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्ने स्थानको रुपमा आउने गर्दछन्। प्राकृतिक दृष्टिले अग्लो, मनोरम, चिसो हावा पानी, घना बन जंगलको बीचमा रहेको क्षेत्र भित्र विभिन्न प्रजातीको विरुवाहरु रोपेर बगैचा निर्माण कार्य अगाडि बढाइएको छ ।

यो बगैंचा पछिल्लो समय यता पर्यटकीय गन्तव्यको रुपमा चर्चित र रमणीय स्थानको रुपपा परिचित भएको छ। यस्तो बगैचामा घुम्न आउनेहरुको आकर्षण प्राकृतिक तथा मानव निर्मित डिजाइनका चुच्चे ढुङ्गामा चढेर तस्विर लिनेका साथै आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण बनेको छ । सो स्थानमा घुम्न जानेहरुका लागि समुन्द्री सतह देखि २०३२ मिटर अग्लो चुच्चे ढुङ्गा र अग्लो टापु अर्को आकर्षण बनेको हो । प्युठान मरन्ठाना बाट शनिबार उक्त डाँडामा घुम्न आउनुभएकि कल्पना गिरीले ढुङ्गे बगैंचा रमणीय र वातावरणरमाइलो भएकाले घुम्न आएको बताउनुभयो ।

 

“प्युठान बाट नजिक पनि हुने र वरिपरिको ठाउँ हेरेर मनलाई शान्त पार्न पनि सकिने भएकाले पनि साथिहरु मिलेर घुम्न आएको हौं ”, उहाँले भन्नुभयो, “यसरी धेरै मानिसको रोजाइको क्षेत्र बने पनि बजारदेखि ढुङ्गे बगैंचासम्म आउने जाने बाटो अलि खाल्डाखुल्डी भएकाले त्यसलाई सुधार गर्न सके झनै राम्रो हुनेथियो ।” सोही ठाउँमा घुम्न आउनुभएका पदम पौडेलले धेरै मान्छे घुम्न आउने गरेको यस्तो रमणीय ठाउँमा खानेपानीको ब्यबस्थामा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । “विशेषगरी यहाँ आएर हिमालय शृङ्खलाको दृश्यावलोकनका साथै वरिपरिको रमणीय ठाउँहरु हेर्न र शान्त बातावरणमा पर्यटकहरु आनन्द लिन आउने गरेको भए पनि पानीको आपूर्ति हुन सकेमा अझ आकर्षक गन्तव्य हुनेछ ।”

त्यससँगै थप मनोरञ्जनका लागि चुच्चे ढुङ्गामा चढेर फोटो खिच्ने र घुम्दा अर्कै रमाइलो गर्न पाएको त्यहाँ आउने पर्यटनकहरु बताउँछन् । रोल्पा जिल्लाकै भौगलिक रुपमा अग्लो र सबै स्थान देखिने भएकोले त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्ने स्थानको रुपमा आउने गर्दछन् ।

सातदोवाटो डाँडाबाट रोल्पाको जलजला, सिस्ने, धौलागिरी, अन्नपूर्ण हिम श्रृखलाको मनोरम दृश्य पनि देखिन्छ । रोल्पा नगरपालिका वडा नं ३ को सिमानामा पर्ने सो ठाउँमा पुग्नेहरु आजकाल दैनिक जसो विद्यार्थी,सन्चारकर्मी, कर्मचारी, जनप्रतिनधी, राजनीतिज्ञहरुले दिमागलाई फ्रेस गर्ने स्थानको रुपमा लिई घुम्न जाने गरिरहेको पर्यटकहरुले बताउँछन् । त्यहाँ रहेको चुच्चे ढुङ्गामा चढेर फोटो खिच्ने, ढुङ्गामा चढेर मनोरञ्जन लिने र अग्ला स्थानमा गएर वरिपरिको दुश्यावलोकन गर्नुका साथै पिकनिकका लागि घुइँचो नै लाग्ने गरेको छ । यस क्षेत्रमा अब खानेपानी, शौचालय, प्रतिक्षालय लगायतका आधारभूत पूर्वाधारको व्यवस्थान गर्नुपर्ने देखिन्छ । साथै सो बाहिर रहेको अन्य डाँडोमा पिकनिक स्पोट समेत निर्माण गर्नु पर्ने देखिन्छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu