Connect with us
Kapilvast Forest

सुनको आपूर्ति बढाउन महासंघको माग

२०७७, १९ फाल्गुन बुधबारमा प्रकाशित

gold

 

 

काठमाडौं – बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति बढाउन सुनचाँदी व्यवसायीले सरकारसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईसँग भेट गरी कच्चा पदार्थ अभावका कारण बजारमा समस्या देखिएकाले तत्काल सुनको कोटा बढाउन माग गरेको हो ।

व्यवसायीसँगको भेटमा सचिव भट्टराईले कोटा वृद्धि गरी बजारमा देखिएको अभाव हटाउन पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । आपूर्ति कम भएका कारण बजारमा सुन अभाव देखिएको स्वीकार्दै सम्बन्धित निकायसँग परामर्श गरेर समस्या समाधान गरिने उहाँले जानकारी दिनु भयो ।

सचिव भट्टराईले सुनको आपूर्ति व्यवस्था प्रभावकारी नहुँदा अवैध कारोबार फस्टाउन सक्नेतर्फ सरकार सचेत रहेको उल्लेख गर्नु भयो । सचिव भट्टराईले सुनचाँदी व्यवसाय सञ्चालनका लागि आवश्यक नीतिगत व्यवस्थाका निमित यसअघि नै मस्यौदा तयार भइसकेकाले छिट्टै कार्यान्वयनमा लगिने बताएको महासंघले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu