Connect with us
Kapilvast Forest

राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन ७ चैतमा

२०७७, १९ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं – नेपाल राष्ट्रिय व्यवसायी महासंघको महाधिवेशन आगामी ७ चैतमा हुने भएको छ । बुधबार महासंघले प्रेस विज्ञप्ति जारी गर्दै ७ चैतमा महाधिवेशन गर्ने जानकारी दिएको हो । काठमाडौंको कमलादीमा सम्पन्न हुने महाधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महासंघका अध्यक्ष नरेश कटुवालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । अध्यक्ष कटुवालका अनुसार महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

कोरोना महामारीको त्रासमा बन्द रहेका सटरहरु खुलाउन, चिनियाँ नाकामा देखिएका समस्याहरु सुल्झाउन होस या राज्यका तर्फबाट असहज नीतिहरु बनाइदा उद्योगी व्यवसायीहरुको हितमा आवाज वुलन्द गर्ने विषयमा होस यस महासंघले सधै अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले लिने ऋणको ब्याजदरको विषयमा होस या घरबहालको विषयमा देखिएका समस्याहरु हुन्, यि सबै समस्याहरु समाधान गर्नका लागि पनि महासंघले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।

उद्योगी व्यवसायीहरुका हितमा महासंघले चालेका यस्ता कदमहरुका कारण नेपाल राष्ट्रिय व्यवसायी महासंघ स्थापनाकालदेखी नै सधै चर्चामा रहदै आएको छ । आगामी दिनमा समेत उद्योगी व्यवसायीहरुका लागि सहज औद्योगिक एवं व्यवसायीक वातावरण निर्माणका लागि यस महासंघको भूमिका सधै नेतृत्वदायी नै रहने अध्यक्ष कटुवाल बताउँनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu