Connect with us
Kapilvast Forest

नेकपा नाम कसको ? आइतबार फैसला सुनाउँदै सर्वोच्च

२०७७, २२ फाल्गुन शनिबारमा प्रकाशित

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टीको नामको विषयमा रहेको विवादबारे सर्वोच्च अदालतले आइतबार फैसला सुनाउने भएको छ ।
गत विहीबार फैसला सुनाउने भनिएकोमा पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनका कारण मिति सारिएको सर्वोच्च अदालतले जनाएको छ । विहीबार सर्वोच्चसहित देशभरका सबै अदालतमा बिदा दिइएका कारण आइतबारका लागि पेशी तोकिएको छ ।

प्रचण्ड र केपी ओली अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता भएपछि आफ्नो पार्टीको नाम चोरिएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनु भएको थियो ।

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपाको नामको विवादसम्बन्धी मुद्दामा टुङ्गो लगाउने भनेर यही फागुन १३ गते आदेश गरेको थियो ।
ऋषिराम कट्टेलले २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu