Connect with us
Kapilvast Forest

नगरप्रमुख शाहले भने “भ्रममा नपर्नुस खाेप लगाउनुस, केही भए उपचार गराउछु”

२०७७, २३ फाल्गुन आईतवारमा प्रकाशित

कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमख रजत प्रताप शाहले काेविड १९ विरुद्धकाे भ्याक्सिन लगाउन अनुरोध गर्नु भएको छ । खोपको बारेमा समाजमा विभिन्न किसिमको भ्रमहरु रहेकोले सबैलाई ढुक्क भएर खोप लगाउन आग्रह गर्नु भयो । सरकारले ५५ बर्ष माथिकालाई आजबाट खोप लगाउन सुरु गरेको भन्दै सबैलाई खोप अगाउन नगर प्रमुख शाहले अनुरोध गर्नु भयो । खोपबाट कसैलाई केही असर गरे उपचार पालिकाले गराउने नगर प्रमुख शाहले उदघोष गर्नु भयो ।
नगर प्रमुख शाह खाेप केन्द्र शिवराज अस्पताल बहादुरगंजमा गई काेविड १९ काेराेना भइरस विरुद्धकाे भ्याक्सिन लगाउनुभएकाे हो ।
नेपाल सरकारले निशुल्क उपलब्ध गराएकाे काेविशिल्ड भ्याक्सिनकाे अभियानलाई निरन्तरता दिन नगर प्रमुख रजत प्रताप शाह आफै केन्द्रमा पुगेर खाेप लगाउनुभएकाे छ साथै ५५ बर्ष माथिका लाई अनिवार्य रुपमा खाेपकेन्द्र पुगेर खाेप लगाउन हुन अनुराेध पनि गरेका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu