नेप्सेमा दुई करोड २३ लाख कित्ता शेयर सूचीकृत
काठमाडौं -नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा मंगलबार दुई कम्पनीको शेयर सूचीकृत भएको छ । नेप्सेमा एनएमबी बैंक र ज्योति विकास बैंकका बोनु शेयर सूचीकृत भएको हो ।
नेप्सेका अनुसार एनएमबी बैंकको १३ प्रतिशत बोनस शेयर वापत एक करोड ८७ लाख ८२ हजार ७८ कित्ता शेयर सूचीकृत भएको छ भने ज्योति विकास बैंकको १० प्रतिशत बोनस शेयर वापत ३४ लाख ९५ हजार २९३ कित्ता शेयर सूचीकृत भएको छ ।