Connect with us
Kapilvast Forest

प्रचण्डसँग छलफल गर्न जसपा नेताहरू पेरिसडाँडामा

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टीका नेतासँग छलफलमा जुटेका छन्।छलफलमा अध्यक्ष प्रचण्ड र जसपाबाट महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो सहभागी छन्।

माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुई पार्टीबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल चलिरहेको माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले  जानकारी दिनु भयो ।

यसअघि हिजो र आज बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रमुख प्रतिपक्षी दल कांग्रेस र प्रतिपक्षी दल जसपासँग वार्ता गर्ने निर्णय गरेको थियो।

दाहालले मंगलबार मात्रै कांग्रेस सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई भेट्नु भएको थियो ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरिदिएपछि नयाँ सत्ता समिकरणको प्रयास अगाडि बढेका छन् ।

आजै संसद भवनमा जसपाका नेताहरूले रेशम चौधरीलगायत मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र संविधान संशोधनको मुद्दालाई केन्द्रमा राखेर सबै पार्टीसँग छलफल गर्ने बताउनु भएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu