Connect with us
Kapilvast Forest

बादललाई नेकपा एमालेको उपाध्यक्ष बनाउने तयारी

२०७७, २६ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं – नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छाडेर एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष लागेका गृहमन्त्री रामबहादुर थापा बादललाई उपाध्यक्ष बनाउने तयारी भएको छ।

प्रचण्डलाई छाडेर माओवादीका बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, अध्यक्ष प्रभु साह, दावा तामाङलगायत नेता ओली खेमामालाग्नु भएको थियो ।

सर्वोच्च अदालतले साविकको पार्टी कायम गरिदिएपछि अध्यक्ष प्रचण्डसँग रहेका एमाले नेताहरु फर्किसकेका छन्। तर, माओवादी नेताहरु एमालेमै रहने भएका छन्। प्रधानमन्त्री ओलीले माओवादी नेताहरुलाई एमालेमै राख्न तल्लो तहसम्म समायोजनका लागि २० प्रतिशत हिस्सा दिने तयारी भएको बुझिएको छ।

प्रचण्डलाई छाडेर ओलीतिर लागेका ऊर्जामन्त्री रायमाझीले गृहमन्त्री बादललाई उपाध्यक्ष बनाउने बिषयमा छलफल भएको बताउनु भयो ।उहाँलाई उपाध्यक्ष बनाउने विषयमा छलफल भएको हो। तर, निर्णयमा पुगिसकेको अवस्था होइनु उहाँले भन्नु भयो ।

माओवादी नेताहरुसँग एमाले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतले छलफल गरिरहेका छन्।

एमालेतिर लागेका नेताहरु एमाले नफर्किने सार्वजनिक रुपमै बतारहे पनि माओवादीले भनेर यस विषयमा छलफल गरिरहेको नेता नारायणकाजी श्रेष्ठले बताउनु भयो ।

उहाँहरुले आफ्नो दृष्टिकोण आधिकारिक रुपमा हामीसँग सार्वजनिक गर्नुभएको छैन। उहाँहरुको निर्णयपछि हामीले के गर्ने भन्ने निर्णय गछौँ उहाँले भन्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu