Connect with us
Kapilvast Forest

सुनको आपूर्ति बढाउन सरकार सकारात्मक

२०७७, २७ फाल्गुन बिहीबारमा प्रकाशित

 

 

काठमाडौँ- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुनचाँदी व्यवसायीले लामो समयदेखि माग गर्दै आएको सुनको आपूर्ति बढाउन सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पदाधिकारीसँग बुधबार भेटका क्रममा अर्थमन्त्री पौडेलले सुनको आपूर्ति बढाउन सरकार सकारात्मक रहेको बताउनुभएको हो ।

उहाँले बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भइरहेको र केही दिनभित्रै यस विषयमा निर्णय हुने पनि जानकारी दिनुभयो ।
उहाँले अहिलेको बजारको वास्तविक मागका विषयमा व्यवसायीसँग सोध्नुभएको महासङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । भेटमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका सल्लाहकार एवं सभासद छविलाल विश्वकर्माले व्यवसायीलाई परेको अप्ठ्याराका विषयमा अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण गराउनुभएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको भन्दै तत्काल समस्या समाधान गर्न मन्त्री पौडेलसँग आग्रह गर्नुभएको थियो । उहाँले सरकारले कोभिडका कारण भएको बन्दाबन्दीका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकाले अहिलेको समस्या आएको बताउनुभयो । उहाँका अनुसार अहिले बजारमा दैनिक ३० किलोसम्म सुनको माग रहेकाले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनुपर्ने आवश्यकता छ ।

उहाँले आवश्यक मात्रामा कच्चा सुन उपलब्ध नहुँदा बजारमा अवैध रूपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्वसमेत गुम्ने खतरा रहेको स्पष्ट पार्नुभयो ।

पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । बन्दाबन्दीअघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो ।

यसैबीच महासङ्घका पदाधिकारी टोली आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमा सुनचाँदीको क्षेत्रबाट समेट्नुपर्ने विषयलाई समेटिएको सुझावसमेत अर्थमन्त्री पौडेलसमक्ष प्रस्तुत गरेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu