Connect with us
Kapilvast Forest

खाने तेलको मूल्यमा उद्योगीको मनपरी

२०७७, २७ फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं-एक महिनाअघि अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेको जनाउँदै खाने तेल उद्योगीले अस्वाभाविक मूल्यवृद्धि गरे । मूल्यवृद्धिको सर्वत्र आलोचना भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रज्ञापनपत्र मगाएर अनुसन्धान थाल्यो । प्रज्ञापनपत्र विश्लेषणका क्रममा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको र केही प्रज्ञापनपत्रमा मूल्य घटे पनि यहाँ घटाइएको देखिएन ।

 

लागत मूल्य र एमआरपीबीचमै धेरै फरक देखिएपछि विभागले अन्नपूर्ण भेजिटेबल प्रालि र महालक्ष्मी सल्भेन्ट एन्ड रिफाइनरीलाई जरिवाना गरे पनि अन्यलाई कारबाही गरेन । कारबाहीमा परेका यी दुईबाहेक अन्यलाई मूल्य घटाउन मात्रै निर्देशन दिइयो । खाने तेलको मूल्य केही समय घटाएजस्तो गरेका उद्योगीहरूले पछिल्लो समय फेरि बढाएका छन् ।

पछिल्लो समयका राजनीतिक घटनाक्रमसँगै मूल्य बढाउने गिरोह पुनः सक्रिय भएको बताइएको छ । मिल उद्योग र आयातकर्ताको मिलेमतोमा पुनः मूल्य बढाइएको खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधारको दाबी छ । वाणिज्य विभाग देखाउने दाँत मात्रै भएकाले समस्या समाधान हुन नसकेको उनको आरोप छ । ‘विभागले उद्योगीसँग कागजात मागेपछि घटाएजस्तो गरेका मात्रै हुन् । वास्तवमा मूल्य घटाएकै छैनन् । कम्पनीहरूले लिटरमै २०/३० रुपैयाँ बढाए खुद्राले ५ रुपैयाँ बढाउने हो,’ उनले भने, ‘सबै माथिबाटै चलखेल भइरहेको छ ।’कान्तिपुर दैनिकले लेखेको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu