Connect with us
Kapilvast Forest

शैक्षिक क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा : मुख्यमन्त्री पौडेल

२०७७, २७ फाल्गुन बिहीबारमा प्रकाशित

वाग्मतीका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

 

हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शैक्षिक क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ ।हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ भैरवरोडमा रहेको मकवानपुर टेक्निकल इन्ष्टिच्युटको रजत जयन्तीको बिहीबार उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले शैक्षिक क्षेत्रको विकासमा प्रदेश सरकार दृढताका साथ लागिपर्ने बताउनु भएको हो ।

शैक्षिक क्षेत्रको विकासबाटै समृद्ध मुलुकको परिकल्पनाले सार्थकता पाउने भन्दै उहाँले शिक्षाको विकासमा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।

मुख्यमन्त्री पौडेलले निजी क्षेत्रबाट सञ्चालित इन्ष्टिच्युटले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा पु¥याएको योगदानको प्रशंसासमेत गर्नु भयो । इन्ष्टिच्युटले सफलतापूर्वक २५ औं वर्ष पार गरेकोमा शुभकामना व्यक्त गर्दै उनले दक्ष स्वास्थ्यकर्मी उत्पादनमा अझ सशक्त रुपमा लाग्न आग्रह गर्नु भयो ।इन्ष्टिच्युटले स्वास्थ्य क्षेत्रका सिएमए, अनमी, ल्याब एसिस्टेन्ट, हेल्थ असिस्टेन्ट लगायतका विषयको कक्षा संचालन गर्दै आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu