Connect with us
Kapilvast Forest

माधव नेपाल समूहका स्थायी कमिटी सदस्यहरु छलफलमा बस्दै

२०७७, २७ फाल्गुन बिहीबारमा प्रकाशित

madhav

 

काठमाडौं -पुनर्स्थापित नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल तर्फका स्थायी कमिटी सदस्यहरु छलफलमा बस्ने तयारी भएको छ । एमालेको पुनर्संरचनाबारे छलफल गर्न जुट्न लागेको एक स्थायी कमिटी सदस्यले बताउनु भयो ।

हिजोमात्रै माधव नेपाल निकट केन्द्रीय सदस्यको बैठक बसेको थियो । केन्द्रीय कमिटी बैठकमा जुटेकै सहमतिबारे थप छलफल गरिने ती नेताले बताउनु भयो ।

माओवादीसँग एकीकरण अगाडि एमालेको स्थायी कमिटीमा माधव नेपाल निकट ११ स्थायी कमिटी सदस्य छन् । दुई वरिष्ठ नेता झलनाथ खनाल र नेपाल, तीन उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव घनश्याम भूसाल, तीन सचिव गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराई, सदस्य सुरेन्द्र पाण्डे रहनु भएको छ ।

वामदेव गौतम तटस्थ रहेको र विद्यादेवी भण्डारी राष्ट्रपति रहेकाले अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटीमा अल्पमतमा हुनुन्छ। ओलीसँग महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, दुई सचिव प्रदीपकुमार ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ, सदस्यहरु किरण गुरुङ, छविलाल विश्वकर्मा र शंकर पोखरेल हुनुन्छ ।

माओवादीसँग एकता भएपछि भने ओली तर्फबाट विष्णु रिमाल र रघुवीर महासेठ तथा नेपाल तर्फबाट वेदुराम भुसाल र रघुजी पन्त थपिनुभएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu