Connect with us
Kapilvast Forest

पार्टीमा नफर्कनेलाई अब फकाउनेवाला छैन:प्रचण्ड

२०७७, २८ फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बरिष्ठ नेता माधव नेपालको उद्दार गर्ने एकमात्रै टेन्सन आफूलाई रहेको बताउनु भयो ।

बुटवलमा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई अहिले अरु राजनीतिक टेन्सन नरहेको बताउनु भयो । ‘माधवजीहरु फर्किएपछि केपीले जे मन लाग्यो त्यो गर्न सक्ने छैनन्, प्रचण्डले भन्नु भयो त्यहाँ ठूलै झमेला हुने वाला छ, मलाई चाहिँ माधवजीलाई कसरी रेस्क्यु गर्ने भन्ने टेन्सन छ।

आफूहरुको पार्टी अहिले धेरै सजिलो भएको भन्दै प्रचण्डले संगठन बनाउने बाहेक अरु तनाव नभएको बताउनु भयो । उनहाँले भन्नु भयो , ‘हाम्रो जस्तो सजिलो पार्टी अहिले कुनै छैन। हामी भित्र विदेशी प्रभाव पनि छैन। एउटा दुईटा होला तिनीहरु पनि टाउको उठाउने ठाउँमा छैनन्। अरु सबैभित्र विदेशी छन् । त्यसो भएर टेन्सन अरुलाई छ हामीलाई छैन।

उनले​पूर्वएमालेसँग सम्बन्धित नेता(कार्यकर्ताबारे हेडक्वार्टरसँग समन्वय गरेर मात्रै निर्णय गर्न आग्रह गर्नु भयो । ‘जिल्लाका हाम्रा कुनै पनि गतिविधिहरूले केन्द्रमा माधवजीहरूलाई पिन्च नहोस्,’ उहाँले भन्नु भयो । एमाले अब एक रहने स्थिति नरहेको उहाँको दाबी छ।

‘माधवजीसँग नजिक भएका मानिसलाई तानेर हामीभित्र घुसाइहाल्छु भन्ने तिर नलाग्नुहोला’ प्रचण्डले भन्नु भयो ‘अहिले त्यसो गर्न आवश्यक छैन। माधवजी, झलनाथजीहरूसँग हाम्रो सहकार्य गरिराख्ने, उहाँहरूले त्यहाँभित्र गएर संघर्ष गर्ने र फेरि एकताको प्रस्ताव राख्ने र एकतातिर नै जानुपर्छ भन्ने छ।’

उहाँले अहिले केपी ओली नेतृत्वको सरकारमा रहेका पार्टीका मन्त्रीहरुलाई फकाउन नजाने बताउनु भयो । बिग्रेका, भाँचिएका, कुच्चिएकालाई फकाउँछु भन्दा आफ्नो हालत खराब भएको भन्दै प्रचण्डले अब त्यस्तो त्रुटी नदोहोर्याउने बताउनु भयो ।

ुत्यत्रो बद्मासी गरेकालाई ल्याएर गृहमन्त्री बनाएँ तर।।ुगृहमन्त्री रामबहादुर थापा र खानेपानी मन्त्री मणि थापाप्रति लक्षित गर्दै प्रचण्डले भन्नु भयो , ुदुई जना मान्छे नभएकालाई स्थायी समिति सदस्य बनाएको त अहिले मन्त्री१ अब यस्ता मान्छेलाई फकाउन पटक्कै मन छैन। साथीहरु तपाइँले भन्यो भने फर्किने भनेका छन् भन्छन्, तर मलाई फकाउन मन लाग्या छैन । उतै बस भन्या छु, यहाँ आएर फेरि रोए भने पग्लिन्छु की भन्ने डर छ।

दुई तीन वर्ष मिहिनेत गर्यौं भने पार्टीलाई एक नम्बर बनाउन सकिने उनको दाबी छ । काठमाडौं बसेर बिग्रिएको जस्तो लाग्न थालेको भन्दे उहाँले अब बढी जिल्लातिर केन्द्रित हुने बताउनु भयो ।

ओली नेतृत्वको सरकारलाई समर्थन गरिनराख्ने भन्दै उनले ओली ढाल्ने स्पष्ट गठबन्धन तयार भएपछि मात्रै समर्थन फिर्ता लिने बताउनु भयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu