Connect with us
Kapilvast Forest

विप्लवले फिर्ता पठाए सरकारी सुरक्षाकर्मी

२०७७, २८ फाल्गुन शुक्रबारमा प्रकाशित

 

काठमाडौं – सरकारले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सुरक्षाका लागि इन्स्पेक्टरको कमाण्डमा १० जना सुरक्षाकर्मी खटाएको थियोे ।

सरकारसँग सहमतिसँगै फागुन २१ गते सार्वजनिक भएका महासचिव विप्लवलाई प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षाकर्मी खटाइएको थियोे ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गृहको निर्देशन अनुसार सुरक्षा व्यवस्था मिलाएको जानकारी दिनु भएको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले विप्लवको सुरक्षाका लागि इन्स्पेक्टरको कमाण्डमा टोली खटिएको जानकारी दिनु भयो ।

सरकारले विप्लवको लागि अगुवा गाडि पनि उपलब्ध गराएको थियोे ।तर ने।क।पा।का महासचिव विप्लवले सुरक्षा व्यवस्थाका लागि आफू नेता कार्यकर्ता र जनता संगै भएकोले सरकारी सुरक्षाआवश्यक नरहेको भन्दै फिर्ता पठाउनु भएको छ ।
सरकार र विद्रोही नेकपा विच सहमति भएपछि गतहप्ता नवलपुर बाट सार्वजनिक भएका विप्लवलाई प्रहरीले नवलपुर बाट स्कट्ङी गर्दै काठमाडौ पुर्याएको थियोे ।

सरकार र नेकपा विच सहमति भए पश्चात् विप्लव राजनीतिक भेटघाट एवम् पार्टी संगठनका काममा सक्रिय हुदै आएका छन् ।
यसैक्रममा पार्टी निकट महिला संगठनको राष्ट्रिय सम्मेलनका लागि कपिलवस्तु पुगेका विप्लवले त्यहाँ बाट सुरक्षा फिर्ता गरेको स्रोतले बतायो ।
महासचिव विप्लवले जनताको विचमा छु,मलाई त्यस्तो छुट्टै सुरक्षा चाहिदैन्,तपाईंहरूलाई धन्यवाद भन्दै फिर्ता पठाउनु भयो स्रोतले भन्यो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu