Connect with us
Kapilvast Forest

ओलीको मूर्खतापूर्ण निर्णय मान्दैनौं : घनश्याम भुसाल

२०७७, २८ फाल्गुन शुक्रबारमा प्रकाशित

ghanshyam

काठमाडौं-नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले महाधिवेशनबाट निर्वाचित महासचिव बाहेकका पदाधिकारी हटाउने र माधवकुमार नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णयलाई मुर्खतापूर्ण कदम भन्नु भएको छ ।

ओलीले आफ्नो पक्षका नेताहरुको बैठक राखेर दशौं महाधिवेशनको मिति तोक्नुका साथै महासचिव बाहेकका पदाधिकारी हटाउनु भएको छ । उहाँले माधव नेपाल पक्षीय नेताहरुको जिम्मेवारी खोस्नुका साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादल समूहका २२ नेतालाई केन्द्रीय सदस्य मनोनित गर्नु भएको छ

यसबारे प्रतिक्रिया दिँदै माधव नेपाल पक्षीय नेता भुसालले ओलीको निर्णय कुनै हालतमा मान्य नहुने बताउनु भएको हो ।

यो कदमको राजनीतिक रुपमा भर्त्सना र निन्दा गर्नुका साथै कानूनी रुपमा च्यालेन्ज गर्ने भन्दै उहाँले भन्नु भयो , ‘सामान्यता ५० वर्ष अगाडि अफ्रिकी मुलुकहरुमा यस्तो हुन्थ्यो होला । हाम्रो मुलुकमा कुनै तानाशाहले पनि यो तहमा गरेको छैन ।’

स्थिर लोकतान्त्रिक विकासप्रति जगाएको विश्वासलाई बर्बाद पारेको भन्दै नेता भुसालले भन्नु भयो , ‘उहाँले दुई तिहाईको बहुमत र पार्टी एकता सक्नुभयो । संसदलाई हिँडाउन खोज्नुभयो । सक्नलाई एउटा मात्र बाँकी थियो, त्यो हिजोको पार्टी नेकपा एमाले ।’

एमाले स्थिर लोकतान्त्रिक विकासको कर्णाधार भएकाले ओलीले त्यसमाथि आक्रमण सुरु गरेको भुसालले बताउनु भयो ।यो लोकतान्त्रिक स्थिरताका साथ मुलुकले लिएको संकल्प र विश्वासमाथि भइरहेको आक्रमणमध्ये अन्तिम चरणको पहिलो किस्ता हुनसक्ने भन्दै उहाँले भन्नु भयो , ‘ओलीको यो कदम सफल हुने भनेको कम्युनिस्ट आन्दोलन र मुलुकले हार्ने कुरा हो ।’

एमाले अध्यक्ष ओलीको यस्ता कदमलाई परास्त गर्नसक्ने शक्ति समाज र एमाले पार्टीमा रहेको उहाँले बताउनु भयो । ‘ओलीजीका यस अगाडिका हर आक्रमणलाई परास्त गरेझैं यो आक्रमणलाई पनि परास्त गरिने छ’ एमाले उपमहासचिव भुसालले भन्नु भयो ‘यो मुलुकको कम्युनिस्ट आन्दोलनमा एमालेले बनाएको जुन सामर्थ्य र जीवनशक्ति छ । त्यसलाई संगठित गरेर यसलाई परास्त गरिनेछ ।’

संसद विघटन, एमाले र माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसलापछि तेस्रो किस्ताका रुपमा यो कदम आएको भन्दै उहाँले न्यायिक र वैधानिक हिसाबले च्यालेन्ज गर्ने बताए । ‘राजनीतिक हिसाबले त भर्त्सनायोग्य, निन्दायोग्य छ’ उहाँले भने ।

माधव नेपाल पक्षमा रहेका उपमहासचिव भुसालले कुनै न कुनै ठाउँमा लगेर ओलीलाई सुधार्न सकिन्छ वा ओलीजीको गलत प्रवृत्तिबाट पार्टीलाई मुक्त पार्न सकिन्छ भनेर अहिलेसम्म ओलीसँग रहेका नेताहरुले पनि यसबारे सोच्ने विश्वास व्यक्त गर्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu