Connect with us
Kapilvast Forest

गौतमको उपाध्यक्ष पद खरेज ,केपी ओलीसँग मिल्ने सम्भावना समाप्त भयोः वामदेव गौतम

२०७७, २८ फाल्गुन शुक्रबारमा प्रकाशित

 

काठमाडौं –नेकपा एमालेका नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदमबारे असन्तुष्टी जनाउनु भएको छ । प्रधानमन्त्री अ‍ोलीले शुक्रबार आफू निकट केन्द्रीय कमिटी सदस्यहरुको बैठकमार्फत विभिन्न महत्वपूर्ण निर्णय गर्नु भएको थियो ।

उहाँले माधव नेपाल पक्षका नेताहरको सबै पद खोस्नु भएको छ । प्रधानमन्त्री अ‍ोलीले नेपाल पक्षका पाँच वटा प्रदेश इञ्चार्ज परिवर्तन गरेर आफू निकट नेताहरुलाई बनाएपछि नेता गौतमले असन्तुष्टी जनाउनु भयो ।

प्रधानमन्त्री अ‍ोलीले नेकपा एमालेमा महासचिव बाहेकका सबै पद खारेज गर्नु भएको थियो । पद खारेज हुनुअघि गौतम एमालेको उपाध्यक्ष हुनुन्थ्यो । तर, उहाँको उपाध्यक्ष पद पनि खारेज भइसकेको छ । सोही विषयमा असन्तुष्टी व्यक्त गर्दै उहाँले केपी ओलीसँग जाने सम्भावना समाप्त भएको घोषणा गरेको गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले जानकारी दिनु भयो ।

नेता गौतमले प्रधानमन्त्री ओलीले शक्तिको चरम दुरुपयोग गरेको आरोप लगाउनु भयो । उहाँले अहिले ओलीले जे बोल्यो त्यही कानुन हुने अवस्था सिर्जना भएकोसमेत बताउनु भयो ।केपी ओलीसँग मिल्ने र उहाँसँगै जाने सबै सम्भावना समाप्त भयो’,  ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu