Connect with us
Kapilvast Forest

नेपाल–खनाल समूहको बैठक आज ११ बजे बस्दै

२०७७, २९ फाल्गुन शनिबारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल–झलनाथ खनाल समूहले आज आफू निकट केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ।अध्यक्ष केपी शर्मा ओली समूहको बैठकले हिजो एकपक्षीय रुपमा पदाधिकारीको जिम्मेवारी हेरफेर तथा केन्द्रीय सदस्य मनोनयन गरेपछि नेपाल–खनाल समूहको बैठक आज बस्न लागेको हो। बिहान ११ बजे नयाँ बानेश्वरस्थित अर्याल होटेलमा बस्ने बैठकमा ओली पक्षीय बैठकका निर्णयपछि उत्पन्न परिस्थितिबारे छलफल हुने नेता विष्णु रिजालले जानकारी दिनु भयो ।

उहाँका अनुसार ओली पक्षीय बैठकले गरेका निर्णयहरुमा असहमति जनाउँदै पार्टीका विभिन्न कमिटीमा मनोनीतको कामसमेत बैठकले गर्न सक्नेछ।

शुक्रबार साँझ पनि नेपाल–खनाल समूहका स्थायी कमिटी सदस्यहरु सम्मिलित बैठक बसेको थियो। बैठकले बालुवाटारमा ओली समूहले गरेका निर्णयहरु अस्वीकार गर्ने निर्णय गरेको थियो। बैठकमा उपस्थित नेताहरुले ओलीले पेलेर जाने भए समानान्तर कमिटी बनाउन सुझाव दिनु भएको थियो । ओली पक्षले बालुवाटारमा बोलाएको नेताहरुको जिम्मेवारी हेरफेर गर्दै माओवादीबाट एमालेमा रहेका २३ जना नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu