Connect with us
Kapilvast Forest

बादलसहित मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन माओवादी केन्द्रको निर्देशन

२०७७, २९ फाल्गुन शनिबारमा प्रकाशित

rambadhur badal

काठमाडौं – नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ । पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो ।

गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा रहनु भएको छ ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गर्नु भएको छ । बादललाई भने बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका यी मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको छ । बैठकले भोलि एघार बजे केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ । पर्सिका लागि राखिएको राष्ट्रियभेला भने अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu