Connect with us
Kapilvast Forest

महाराजगंज नगरपालिकाद्धारा शिक्षकहरु सम्मानित

२०७७, २९ फाल्गुन शनिबारमा प्रकाशित

कपिलवस्तु- महाराजगंज नगरपालिकाले शिक्षकहरुलाई सम्मान गरेको छ । महाराजगंज क्षेत्र भित्र रहेका विद्यालयका सेवा निवृत (अवकास) प्राप्त शिक्षक र नगरपालिकाबाट स्वयम सेवक नगर शिक्षक नियुक्त भएका शिक्षकहरुलाई सम्मान गरिएको महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलामले जानकारी दिनु भयो ।

शिक्षक सम्मान कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कपिलवस्तुका सभापती तथा पुर्व सिचाई राज्य मन्त्री सुरेन्द्र राज आचार्यले शिक्षकले गरेको कामको मुल्याकंन गरी सम्मान गरीनु आफैमा महत्वपुर्ण कार्य भएको बताउनु भयो । शिक्षाको ज्योती प्रवाह गर्न शिक्षकले समाजमा सकारात्मक कार्य गरेको पुर्व राज्य मन्त्री आचार्यले बताउनु भयो ।

सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य रिना नेपाल विकले शिक्षकले समाजमा राम्रो काम गरेको बताउनु भयो । शिक्षकले अझ पनि बालबालिकालाई राम्रो शिक्षा जोड दिनु पर्ने बताउनु भयो । कार्यक्रमममा समाजसेवी माधवराज पराजुली, नेपाल शिक्षक संघका जिल्ला सचिव विकास कुमार बन्जाडे, नेपाल शिक्षक संघ महाराजगंजका नगर अध्यक्ष सुरेन्द्रमणी चौधरी लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा अवकास प्राप्त शिक्षक मुस्तकिम अन्सारी, बिना रायमाझी, राजेश रायमाझी, सुर्य भवन चौधरी, प्रह्लद कुर्मी, ओम प्रकाश चौधरी र नारद जयसवाललाई सम्मान गरिएको थियो । त्यस्तै नगरपालिकाबाट स्वयम सेवक नगर शिक्षकई समेत सम्मान गरिएको महाराजगंज नगरपालिका उप प्रमुख शुभावती कुर्मीले जानकारी दिनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu