Connect with us
Kapilvast Forest

शितगंगामा एमालेको पार्टी कार्यालय पुनः स्थापना तथा उद्घाटन

२०७७, २९ फाल्गुन शनिबारमा प्रकाशित

अर्घाखाँची-शितगंगा नगरपालकामा नेकपा एमालेको पार्टी कार्यालय पुनः स्थापना तथा उद्घाटन गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि पाटी कार्यालय उद्धघाटन गरिएको हो ।

एकीकरण भगं भएपछी स्वत पुर्व अबस्थामा फर्किएको भन्दै देश भर माओबादी केन्द्र र एमाले हरुले आ– आफ्नो पार्टी कार्यालय ब्युताउने र स्थापना गर्ने लहर चलेको छ यसै क्रममा आज नेकपा शितगंगाको पाटी कार्यालयको पुनस्थापना लुम्बिनी प्रदेशका कृषि मन्त्री आरती पौडेलको प्रमुख आथित्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पौडेलले जनताको भावना अनुसार नेकपा एमाले पुनस्थापना भएकोले पनि पाटी झन बलियो बन्नेमा बिश्वास गर्नु भयो । धेरै नेताहरु पाटीमा प्रबेश गरिरहेकोले पिन नेपालकै कम्युनिष्ट आस्थाहरुको एकमात्र पाटी नेकपा एमाले बन्ने पौडेलले बताउनु भयो ।
केपि ओलीलाई असहयोग गरेका पुर्व एमालेका नेताहरुलाइ पनि ओलीले मिलाएरै लैजानेर पाटी झन बलियो बनाउनेमा आसाबादी रहेको बताउदै ओलीले गरेको कारवाही केही दिन आरामको लागि सम्झिएर आफ्नै पाटि भित्र अन्तरघात गर्ने जस्ता योजना अब बन्द गरि सुध्रिएर आउन विपक्षमा रहेका नेताहरुलाइ अनुरोध गर्नु भयो ।

कार्यक्रममा बोल्दै नेता ओपी पाण्डेले माओबादीमा लागेर ठुलै संघ्रर्षबाट सफलता प्राप्त गरेको स्मरण गर्दै प्रचण्डले भनेका कुराहरुको पिछ लाग्दा पाटीको कम्युनिष्ट आन्दोलननै सखाप हुने डरले पनि अब एमाले बाट मात्र सबै कम्युनिष्टहरुको सम्मान हुने बताउनु भयो ।

यस्तै युवा नेता भिम केसीले प्रचण्डको नेत्तृत्वले पाटिका नेता कार्यक्रता सधै गुलाम मात्र बनेको बताउनु भयो कहिले कता मिल्ने कहिले कता मिल्ने जोकरको अबस्थामा पाटी र कार्यक्रता बनाएकोले पनि अब जोकर फाल्टु हुने बेला आएको बताउनु भयो । अदालतको निर्णयको स्वागत गर्दै एकताबद्ध भएर अब नेकपा माओवादी बाटै कम्युनिष्ट आन्दोलन सफल पार्न लागि पर्ने बताउनु भयो ।

यस्तै कार्यक्रममा सबोधन गर्दै नेकपा एमाले नगर अध्यक्ष बशन्त श्रेष्ठले कार्यक्रतामा देखिएका उत्शाहले पनि अब नेकपा एमाले देशभर अझ शसक्त भएर आउने बताउनु भयो । शितगंगा नगरपालिकामा कम्युनिष्ट आन्दोलनमा लागेका कार्यक्रता अधिकांस एमाले नेत्तृत्वमा आउने भएकोले पनि विपक्षमा रहेका आफ्ना नेता कार्यक्रता समेत सहकार्यमै अगाडी बड्ने प्रतिवद्धता ब्यक्त गरेकोले पनि सबै एक जुट रहेको बताउनु भयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य जालपा भुसाल ,नेकपा एमाले जिल्ला कमिटी सदस्य काशी आचार्य , शिबराज नगरपालिकाका नगर प्रमुख नेत्र राज अधिकारी , नेकपा एमाले बुद्धभुमीका अध्यक्ष देबि बेल्बासे , जिल्ला कमिटी सदस्य ओपी पाण्डे, भिम केसी,गोबद्धन थापा युवा संघ अध्यक्ष केशबराज बेल्बासे लगायत बिभिन्न नेता कार्यक्रताहरुको सहभागितामा सम्पनन कार्यक्रम दुगा बिसीको स्वागत तथा नगर सचिव ऋषि घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu