Connect with us
Kapilvast Forest

छोरीभन्दा छोरालाई प्राथमिकता दिने कुसंस्कारको अन्त्य गर्नुपर्छ :मन्त्री त्रिपाठी

२०७७, १ चैत्र आईतवारमा प्रकाशित

काठमाडौं -स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले महिला र किशोरीका सार्वजनिक र राजनीतिक जीवनमा अर्थपूर्ण सहभागिताका लागि क्षमता अभिवृद्धिमा थप लगानी गरिने बताउनु भएको छ ।

विभिन्न देशका मन्त्री सम्मिलित एक उच्चस्तरीय संवादलाई शुक्रबार राति भर्चुअल सम्बोधन गर्दै मन्त्री त्रिपाठीले छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिने कुसंस्कारको अन्त्यका लागि राष्ट्रिय रणनीति बनाइ सरकार अघि बढिरहेको बताउनु भयो ।

‘लिङ्ग छनोट गरी छोरीको जन्मलाई निषेध गर्ने कार्यको समग्र मूल कारणलाई सम्बोधन र यससम्बन्धी रणनीति कार्यान्वयनका लागि नेतृत्वदायी निकायको हिसाबले स्वास्थ्य मन्त्रालय अन्य मन्त्रालयसँग काम गर्न प्रतिबद्ध छ,’ उहाँले भन्नु भयोृ ।

संवादमा मन्त्री त्रिपाठीले छोरीलाई भन्दा छोरालाई प्राथमिकता दिने कुसंस्कारको अन्त्यका लागि नेपालले गरिरहेको प्रयास र उपलब्धिका बारेमा जानकारी दिनु भयो ।
मन्त्री त्रिपाठीले घट्दो प्रजनन दर, लिङ्ग पहिचान प्रविधिमा सहज पहुँच र छोरीलाई भन्दा छोरालाई बढी प्राथमिकता दिने गरिएकाले नेपाल मानवजात शिशु जन्ममा लिङ्ग अनुपात असन्तुलन भएको बताउनु भयो ।

युरोपियन आयोग, संयुक्त राष्ट्र संघीय जनसंख्या कोष ९युएनएफपीए० र नर्वे सरकारले संयुक्त रुपमा सो संवादको आयोजना गरेका थिए । संवादमा नेपाल, अर्मेनिया, अजरबैजान, बङ्गलादेश, जर्जिया, भारत, नर्वे र भियतनामका मन्त्रिस्तरीय उच्चप्रतिनिधिको सहभागी रहेको युएनएफपीएद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ ।

युएनएफपीएको एक अध्ययनअनुसार नेपालका १२ जिल्लामा लिङ्ग अनुपात असन्तुलन बढी रहेको छ । ती जिल्लामा महिलालाई छोरा नै जन्माउनुपर्छ भन्ने उच्च दबाब छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu