Connect with us
Kapilvast Forest

देशलाई एउटा उचाइमा उठाएका छौँ:प्रधानमन्त्री ओली

२०७७, २ चैत्र सोमबारमा प्रकाशित

काठमाडौं-आज अर्को एउटा खुसीको क्षण हो । हामीले प्रदेश तथा स्थानीय तहमा सडक सञ्जालको निर्माण र स्तरोन्नति वा त्यसमा सुधारको अत्यन्तै प्रभावकारी कार्यक्रमको यहाँ शुभारम्भ गरेका छौँ । एकै चोटि सातवटै प्रदेशमा, २१० स्थानीय तहमा यो कार्यक्रम शुभारम्भ भएको छ । त्यसमा एमओयू भइरहेको छ ।

हामीले सडक निर्माणका सम्बन्धमा, सडक सञ्जाल विस्तारका सम्बन्धमा महŒवपूर्ण काम गरेका छौँ । खासगरी वर्तमान सरकार बनेपछि यी तीन वर्ष, बितेका तीन वर्षको अवधिमा हामीले दुई लेनका, चार लेनका, छ लेनका सडकहरू निर्माण गर्ने कामलाई तीव्रता दिएका छौँ । सडक स्तरोन्नति, नयाँ निर्माण, विस्तार र सडकसँगसँगै पुलहरूको निर्माण र यातायातका क्षेत्रमा हामीले अनेक उपलब्धि हासिल गरेका छौँ । त्यसमा झोलुङ्गे पुलहरू बनाई आवागमन सहज बनाउने जस्ता कुरा छन् । धेरै ठाउँमा हामीले झोलुङ्गे पुल स्थापना गरेका छौँ ।

केही ठाउँमा दुर्गमता र कष्टपूर्ण आवागमनलाई सरल बनाउन तुइन भएका ठाउँमा तुइन विस्थापित गरेर झोलुङ्गे पुलहरू निर्माण गरेका छौँ । कनेक्टिभिटीकै क्षेत्रमा हामीले हवाई मैदानहरू बनाउने, थप हवाई मैदानलाई राति पनि चल्ने सुविधासम्पन्न हवाई मैदान बनाएका छौँ । हवाई मैदानलाई आधुनिकीकरण गरेका छौँ । नयाँ अन्तर्राष्ट्रिय र क्षेत्रीय रूपमा अन्तर्राष्ट्रिय तहका पोखराजस्ता विमानस्थल अथवा अन्तर्राष्ट्रिय स्तरको भैरहवा विमानस्थल, यिनीहरूलाई सम्पन्नताको नजिकै पु¥याएका छौँ । हुलाकी राजमार्ग लगभग ६५ प्रतिशत तयार गरिसकेका छौँ ।

केही वन क्षेत्र, केही आरक्ष क्षेत्रजस्ता कुराले पारेका असहजता र व्यवधान समाधान गरेर पनि हामी अगाडि बढाउँदै छौँ । दुर्गम क्षेत्रहरूमा पनि पक्की बाटाहरू, पक्की भन्नाले कालोपत्रे मात्र होइन, त्यसको किनारमा पक्की हुनुपर्छ । त्यसको भित्तामा पक्की हुनुपर्छ ।

पहिरोबाट सुरक्षित हुनुपर्छ । किनारबाट गाडी नखसोस्, त्यस प्रकारको डिफेन्स वालसहित, पिल्लर राखिएका सडकहरू । अब बन्ने सडकहरू कच्चा अथवा असुरक्षित सडक हुनु हँुदैन । सडक राम्रा, फराकिला, पक्की र सुरक्षित हुनुपर्छ । यो चाहे स्थानीय तहले, प्रदेशले अथवा सङ्घीय सरकारले जहाँसुकैबाट निर्माण भए पनि यी पक्षमा ध्यान दिनुपर्छ । दुर्घटनाका कतिपय प्राविधिक कारण हुन्छन् ।

सडक निर्माणमा प्राविधिक त्रुटि रह्यो भने बढी दुर्घटना हुन्छ । हामीले अहिलेसम्मका राष्ट्रिय अनुभव र अन्तर्राष्ट्रिय अनुभव पनि लिएर दुर्घटनाको सम्भावना हुने खालका प्राविधिक त्रुटि गर्न हुँदैन । बाटोको आफ्नै सुरक्षा र बाटो आफैँ सुरक्षित हुनु प¥यो । उसकै सुरक्षा पनि हुनु प¥यो । बाटो भत्किने, बिग्रिने, पहिरो जाने खालको हुनु भएन । अर्को कुरा बाटोको प्रयोगकर्ता सवारी, सवारी साधन, त्यसमा रहेका व्यक्ति अथवा आवागमनकर्ता, यात्रुको सुरक्षाको प्रत्याभूति हुनुप¥यो बाटोमा । त्यस प्रकारका बाटाहरू निर्माण गर्नुप¥यो ।

हामीले जुन बाटाहरू आज एमओयू गर्दै छौँ र सुरु गरिराखेका छौँ; यी सुरु गर्दा हामीले ध्यान दिनुपर्छ । बाटामाथि हेर्दा कालोपत्रे छ तर राम्रो र सुरक्षित छैन । बाटो आफैँ सुरक्षित छैन र बाटोले यात्रु, सवारी साधनलाई सुरक्षित राख्ने प्रबन्ध गरेको छैन भने ती बाटाहरू दुर्घटनाका कारण हुन्छन् ।

हामी सबैलाई थाहा छ र मैले जोड दिइरहेको छु, पटक–पटक भनेको छु– जनताको ज्यानको रक्षा, जनताको जीवन हाम्रानिम्ति सबैभन्दा बढी महŒवपूर्ण छ । जनताको जीवन सुरक्षित र सुखी होस् । त्यसका निम्ति हाम्रा सम्पूर्ण प्रयास केन्द्रित गरिरहेका छौँ । तसर्थ हामीले हाम्रा हरेक काममा जनताको जीवनको रक्षा र सुखलाई केन्द्र भागमा राखेका हुन्छौँ । त्यसकारण यी निर्माण, आगामी अरू निर्माण वा अरू कुनै पनि कुरा विकासका सन्दर्भका हाम्रा प्रयासमा जनतालाई सुरक्षित राख्ने, सेवासुविधा पु¥याउने, उनीहरूलाई दुःखकष्ट न्यून गर्ने अथवा समाप्त पार्ने र उनीहरूलाई सुख प्राप्तिको, सुखानुभूतिको एउटा अवस्था सिर्जना गर्नुपर्छ । यी कुराहरू हामीले बनाउनु प¥यो ।

थुप्रै ठाउँ (३९२ ठाउँ)बाट आवेदन प्राप्त भएका, त्यसको छानबिन भइरहेको र यो आज २१० को सङ्ख्यामा हामीले जुन भन्यौँ, त्यो सङ्ख्याभन्दा बढ्न सक्छ । किनभने हामी त्यसको छानबिन गरिरहेका छौँ । त्यो छानबिन गरिसकेपछि आवश्यकताअनुसार सङ्ख्या बढ्छ । कतिपय ठाउँमा पक्की बाटो भइरहेका ठाउँबाट पनि माग आएको छ भने अवश्य स्तरोन्नतिको कुरा हुनुपर्छ । त्यसमा सुधारको कुरा हुनुपर्छ । बाटो त छ तर बाटोको भित्तापट्टि नाली छैन, त्यस्तो होला ।

त्यसमा नालीको प्रबन्ध गर्नुपर्छ । बाटोको छेउपट्टि प्रोटेक्सन वाल छैन होला, प्रोटेक्सनका लागि पिल्लरहरू छैनन् होला । त्यसको प्रबन्ध गर्नुपर्छ । त्यसकारण पनि माग आएको हुन सक्छ । तसर्थ निर्माण कार्यमा यी विषयमा ध्यान जाओस् । घुम्तीहरूमा विशेष ध्यान जाओस् । घुम्तीहरूमा विशेष सतर्कता, सङ्केत चिह्नहरूका सन्दर्भमा कुनै पनि प्रकारको कमी–कमजोरी नरहोस् ।

सङ्केत चिह्नहरूको अभाव र आउँदै गरेको गाडी कस्तो पोजिसनमा छ भन्ने कुरा हामीले यस सम्बन्धमा ड्राइभरहरूलाई तालिम दिने कुरामा पनि त्यो प्राप्त गरेको तालिम र जानकारीलाई उसले कडाइसाथ पालना गर्ने कुरामा, ट्राफिकतर्फबाट पनि प्रहरीको तर्फबाट पनि यसमा विशेष ध्यान दिनुपर्छ । उताबाट केही आइरहेको छ भने केही आएको चालचुल छैन, थाहा पाइएको छैन भनेर ढ्याक्कै जुध्ने खालको स्थिति बन्छ । यस्ता कुरामा ध्यान दिनेदेखि लिएर ट्राफिक टे«निङ, ओभरटेक गर्दाखेरिका टे«निङ, एउटा दुर्घटनाको कारण ओभरटेक गर्दाखेरि पनि हुने गरेको छ । यस्तो कुरामा ड्राइभरलाई बढी सजग गराउन जरुरी छ । कस्तो अवस्थामा कति बेला ओभरटेक गर्ने, कति बेला नगर्ने, जबरजस्ती गर्दै नगर्ने, ट्राफिक रुलअन्तर्गत बस्ने र बाटाहरू तदअनुसार नै हुनेमा हामीले सुनिश्चित गर्नुपर्छ ।

हामी विकासको गतिलाई अत्यन्तै तीव्रतासाथ अगाडि बढाइरहेका छौँ । यस मन्त्रालयलाई लाग्ला, हामीले काफी काम गरेका छौँ । अर्को मन्त्रालयलाई त्यस्तै लागेको छ । अथवा अहिले मन्त्रालयहरू काममा जुटेका छन् र काममा तीव्रता दिएका छन् । मैले देखेको छु कि अहिले बाटोहरूको निर्माण अत्यन्त तीव्र गतिका साथ भएको छ । अब यो कार्यक्रम अगाडि बढेपछि यसले अझ तीव्रता ल्याउनेछ ।

२१० स्थानमा, २१० वटा तहमा त फेरि थप तीव्रता आउने भयो यसकारणले गर्दाखेरि । अर्थात् हामीले प्रतिवर्ष बाटो कति निर्माण गर्छौं भन्दा नेपालको स्थितिमा मानिसलाई विश्वास गर्न गाह्रो हुने गतिमा निर्माण गर्छौं । अर्को कुरा के छ भने निर्माण गर्दाखेरि हामीले प्रोग्रेस देखाउन यति कालोपत्रे ग¥यौँ भनेर मात्रै हुँदैन । त्यो कालोपत्रे गर्ने कुराको कस्तो स्तरको बाटो ? कति सुरक्षित बाटो ? कस्तो बाटो हामी बनाउँदै छौँ ? यसमा विशेष ध्यान दिनुपर्छ । बहुत पीडा त्यति बेला हुन्छ, जति बेला हामी सडक दुर्घटनाका कुरा सुन्छौँ ।

सेकेन्डअगाडि एउटा परिस्थिति हुन्छ, सेकेन्डपछाडि अर्को परिस्थिति हुन्छ र एउटा दुःखद स्थिति देखा पर्छ । त्यस्तो देखा पर्न नपाओस् भन्नेमा हाम्रो ध्यान जानुपर्छ । त्यो आकस्मिक रूपले दुर्घटनाबाट हुने क्षति जब सुन्छौँ, हामी स्तब्ध हुन्छौँ ।

हामी आहत हुन्छौँ । त्यस ठाउँमा आपूmलाई राखेर हेर्दा त्यो मनोदशा कस्तो होला ? अवस्था कस्तो होला ? पीडा कस्तो होला ? यसलाई हामीले ध्यानमा राख्नुपर्छ र सुरक्षित बाटाहरू बनाउनुपर्छ । बाटाका लम्बाइ मात्रै जोड्ने होइन, बाटाको गुणस्तरको उचाइ हामीले वृद्धि गर्नुपर्छ । पहाडमा हामी देख्छौँ नि, बाटा त खोल्दै गएका छन् तर अचम्म लाग्छ, त्यस बाटाबाट बहादुर गोर्खालीले बाहेक अरू कसैले गाडी हिँडाउनै सक्दैन । त्यस्ता बाटा छन् । अब यो बहादुर गोर्खालीले मात्र हिँडाउने बाटा होइन कि दुनियाँको कसैले पनि हिँडाउन सक्ने बाटा चाहियो नि हामीलाई । त्यो खालका बाटाचाहिँ हामीले निर्माण गर्नु प¥यो । अबका हाम्रा बाटा त्यस्ता हुनुप¥यो ।

हामी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा साकार पार्न लागेका छौँ । हरेक क्षेत्रबाट– शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, पूर्वाधार निर्माणका क्षेत्र, पूर्वाधारमध्ये एउटा सडक सञ्जालको निर्माण, सुधार, विस्तार । हवाई यातायातको कुरा, केबलकारको कुरा, झोलुङ्गे पुल, सडक, सडक पुल, हवाई मैदानको सुधार विस्तारको कुरा, नयाँ निर्माणका कुरा, हेलिप्याड निर्माणका कुरा ।

मैले धेरै पहिले पनि भनेको थिएँ, हरेक पालिकामा कम्तीमा दुर्गम ठाउँहरूमा पनि सकेसम्म हेलिप्याड निर्माण होस् । हामीले आपत् परेका गर्भवती महिलालाई रेस्क्यु गर्ने गरेका छौँ हेलिकप्टरबाट तर हेलिप्याड नै छैन भने कसरी रेस्क्यु गर्ने ? त्यसकारण हरेक पालिकामा नजिकै हेलिप्याड होस् र हेलिकप्टर राखेर रेस्क्यु गर्न सकियोस् । त्यस प्रकारका काम हरेक पालिकामा हुनुपर्छ । अहिले त वडाहरू ठूलाठूला छन् ग्रामीण क्षेत्रका । हरेक वडामा हेलिप्याड निर्माण गर्न सकियोस् । हेलिप्याड निर्माण गरौँ । हरेक ठाउँमा पोखरी, हरेक ठाउँमा हेलिप्याड ।

पोखरीको आफ्नो महŒव छ । रिचार्ज सिस्टमको आफ्नो महŒव छ । हावालाई शीतल र रसिलो बनाउने पानीको आफ्नो महŒव छ । त्यसबाट पशुपन्छीलाई पिउने पानीको प्रबन्ध हुने हुँदा त्यसकोे आफ्नो महŒव छ । यसका अरू विभिन्न प्राकृतिक महŒव छन् । पहाडतिर पोखरी हरेक पालिकामा सजिलो छैन तैपनि पहिले–पहिले आहालहरू बनाइएका हुन्थे, पोखरीहरू बनाइएका हुन्थे, डाँडाडाँडामा पोखरीहरू छन् । ठूलाठूला ताल हाम्रा पहाडमा त छन् । तराईमा पोखरी, पहाडमा ताल छन् । रारा, फोक्सुण्डो, तिलिचोदेखि थुप्रै ताल, बेगनासदेखि अनेक ताल छन् । विभिन्न कुण्ड छन् । ताल, कुण्ड र हिमतालहरू छन् हामीसँग । यस्तो ठाउँमा हामी मानव बस्ती भएका ठाउँहरूमा, गाउँहरूमा पनि पशुपालनका लागि पनि, वृक्षरोपण, फलपूmल खेती अथवा अरू खेतीका लागि पनि त्यस्ता पोखरी बनाउने कुराले राम्रो गर्छ ।

ती काम पनि हामी गरौँ । किनभने हामी चौतर्फी ढङ्गले विकास अभियान अगाडि बढाउँदै छौँ । कृषिको आधुनिकीकरणमा यी कुराहरू काम लाग्छन् । स्वास्थ्य उपचारका सन्दर्भमा मैले भनेका कुराहरू काम लाग्छन् । त्यसकारण यो सम्पूर्ण क्षेत्रतिर हामीले ध्यान दिन जरुरी छ । टुरिजमका लागि यस्ता कुराको खास महŒव छ । तालतलैया, बाटाघाटादेखि लिएर पुलहरू । कतिपय मान्छेलाई झोलुङ्गे पुल तर्न, हिँड्न कसैको आवश्यकता हुन्छ, त्यो दिनचर्या हुन्छ, कसैका लागि रमाइलो हुन्छ ।

यी जस्तो जे भए पनि यस्ता ठाउँहरूको कनेक्टिभिटी दुर्गम ठाउँहरूलाई सहज बनाउने र त्यसलाई एउटा पर्यटकीय स्थलका रूपमा विकास गर्ने, प्राकृतिक रमणीयताको अवलोकन गर्नेदेखि लिएर त्यहाँको जीव, वनस्पति, पशुपन्छी आदिको अध्ययन गर्नेदेखि लिएर अनुसन्धानकर्ताका लागि समेत उपयोगी हुन्छन् । त्यसकारण यतापट्टि पनि हामीले ध्यान दिन जरुरी छ ।

जे होस्, हामी विकासका गतिमा लगातार अगाडि बढेका छौँ । आज फेरि एउटा नयाँ उचाइको काम हामीले गरेका छौँ । फेरि एउटा नयाँ अभियान सुरु गरेका छौँ । यो राष्ट्रिय अभियान हो । राष्ट्रव्यापी अभियान हो । यो हाम्रानिम्ति एउटा गौरवको अभियान हो । यो अभियान सफल पार्न म सङ्घीय सरकार, सङ्घीय मन्त्रालय, त्यसैगरी प्रदेश सरकार, प्रदेशका सम्बन्धित सरकार, सम्बन्धित मन्त्रालय, स्थानीय तहलगायत सबैलाई हार्दिक आग्रह गर्न चाहन्छु । मैले भनेअनुसार यसलाई परिपक्व ढङ्गले तीव्रतासाथ अगाडि बढाऔँ ।

हाम्रो देश विकसित नहुने, अविकसित हुने देश होइन । हामी सिफारिस भइसकेका छौँ विकासशील देशमा ग्राजुएसनका लागि पाँच वर्षभित्र । अब हामीले लगभग दिगो विकास लक्ष्यका जुन प्यारामिटर्स छन्, मापदण्ड छन्; तिनलाई सन् २०३० सम्म पर्खिरहनुपर्ने आवश्यकता छैन । त्योभन्दा अगाडि पूरा गर्न सक्छौँ । किनभने हामीमा त्यो पूरा गर्ने प्रचुर सम्भावना छ । यसबीचमा हामीले उथलपुथल गरिएका कामहरू गरेका छौँ । देख्दाखेरि सामान्यजस्तो लाग्ने । हाम्रोजस्तो देशलाई हामीले सङ्कल्प गरेपछि हुने रहेछ नि ! हामीले खुला दिसामुक्त देश बनायौँ । सभ्यताको एउटा सिँढी माथि उठ्यो देश ।

कति असभ्यताको स्थिति थियो ? त्यस असभ्यताको स्थितिबाट देशलाई एउटा सभ्यताको स्थितिमा उठाइयो, ओडीएफ कन्ट्रीका रूपमा । यसरी के हो भने हामीले एउटा स्तर हासिल गरेका छौँ । उचाइ उठाएका छौँ, उचाइमा उठाएका छौँ देशलाई । सभ्यताको उचाइमा उठाएका छौँ, विकासको एउटा नयाँ उचाइमा, सामाजिक विकासको नयाँ उचाइमा उठाएका छौँ ।

यो भौतिक विकासको उचाइले सामाजिक विकासको उचाइलाई माथि उठाउँछ । भौतिक विकास पनि नहुने, सामाजिक विकास पनि नहुने, चेतनाको विकास पनि नहुने, यता आधारभूत विकासका प्रश्नमा पनि पछाडि पर्ने हो भने समाज कताबाट विकास हुन्छ ? त्यसकारण हामीले चेतनामा विकास, चौतर्फी विकास, भौतिक पूर्वाधार र संरचनाहरूको विकास, ऊर्जाको क्षेत्रको विकास, आईटीको क्षेत्रको विकास गर्नुपर्छ ।

हामीले डिजिटल नेपाललाई रफ्तारका साथ, गतिका साथ अघि बढाएका छौँ । हामी आधुनिक प्रविधिको प्रयोगमा तीव्र गतिका साथ अगाडि बढेका छौँ । थुप्रै कुरा अस्ति मैले डिजिटल सोइल टेस्ट (माटो परीक्षण)को उद्घाटन गर्दाखेरि पनि भनेको थिएँ, दक्षिण एसियामा नेपाल पहिलो हो डिजिटल सोइल टेस्टका लागि । कोभिड–१९ को मुकाबिला, त्यसको नियन्त्रण र त्यसलाई नियन्त्रणभित्र राख्ने कुरा र कम क्षति हुने कुरामा हामी धेरै अगाडि छौँ । विश्वका धेरै देशभन्दा हामी अगाडि छौँ ।

अलिक आर्थिक रूपमा हामी पछाडि हौँला । हाम्रा हस्पिटलहरूको सुविधाको मात्रामा, हिसाबमा हामी पछाडि थियौँ । हामीले पहिलो स्वाब टेस्ट बाहिर पठाएर गरेका थियौँ तर अहिले हामीसँग ८२÷८३ ठाउँबाट एकै चोटि हुन्छ । हामीले तीन सयभन्दा बढी ठाउँबाट भ्याक्सिन लिने प्रबन्ध ग¥यौँ । अहिले पाँच लाखभन्दा बढी मान्छेले भ्याक्सिन लिइसकेका छन् । जे होस्, पाँच लाखभन्दा बढी नै छ । आँकडा अरू मिलेन भने पनि तलचाहिँ आउँदैन, माथि जान्छ । हामीले त्यो तीव्रताका साथ काम गरेका छौँ ।

अथवा हाम्रोजस्तो देशमा हाम्रोजस्तो मानसिकता भएको देशमा । कतिपय विरोधका लागि, जसरी पनि विरोध, जेमा पनि विरोध गर्ने प्रवृत्ति भएका देशमा देशप्रतिको जिम्मेवारीबोध होइन । जनताप्रतिको जिम्मेवारीबोध होइन, विकासप्रतिको जिम्मेवारीबोध होइन । आफ्नो स्वार्थप्रतिको लगावले हिरिक्क हुने प्रवृत्ति भएको देशमा, आफ्नो स्वार्थ पूरा गर्न माइतीघरको गीतजस्तो म बेचिदिन्छु, जे पनि बेचिदिन्छु भन्ने गीत माइतीघरमै होला सायद, एउटा पुरानो फिल्ममा गीत थियो ।

त्यस्तै जे पनि गर्न तयार हुनेसम्मका प्रवृत्तिको बिगबिगी रहेका देशमा हामीले जुन दिगो विकास दृढताका साथ तीव्र गतिमा अगाडि बढाएका छौँ, यो असाधारण उपलब्धि हो । यसलाई हामीले स्थायित्व दिनुपर्छ, निरन्तरता दिनुपर्छ र अझ उचाइमा पु¥याउनुपर्छ । यो समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यसँग मिल्छ ।

यस काममा सबै साथी, केन्द्रदेखि स्थानीय तहसम्मका सरकारका मन्त्रीज्यूहरू, जनप्रतिनिधि साथीहरू, विभिन्न तहका जनप्रतिनिधि साथीहरू, पोलिटिकल पार्टीका साथीहरू लाग्नुभएको होला । प्राविधिकहरू लाग्नुभएको होला ।

राष्ट्रसेवकहरू बेस्सरी खटिनुभएको होला । यस कार्यक्रमको आयोजनाका लागि जो जसले योगदान गर्नुभएको छ, सबैप्रति धन्यवाद ज्ञापन गर्दछु । यो एउटा ऐतिहासिक आयोजना हो । यस्तो ऐतिहासिक आयोजनाका लागि म मन्त्रालयलाई हार्दिक धन्यवाद भन्न चाहन्छु । यस्ता कार्यक्रम अझ अगाडि बढाउँदै लैजाऔँ, हौसला बढोस् भन्ने शुभकामनाका साथ आफ्नो भनाइ टुङ्ग्याउँछु । धन्यवाद !

(प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ चैत १ गते प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम शुभारम्भ समारोहलाई गर्नुभएको सम्बोधनको पूर्ण पाठ)

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu