Connect with us
Kapilvast Forest

एमाले अध्यक्ष ओलीले माधव नेपाल पक्षसँग छलफल गर्दै, धुम्बाराहीमा दुवै पक्षबीच वार्ता

२०७७, २ चैत्र सोमबारमा प्रकाशित

 

काठमाडौं – नेकपा एमालेको विवाद मिलाउन दुवै पक्ष वार्तामा बस्ने भएका छन् । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले माधव नेपाल पक्षलाई छलफलका लागि बोलाएका छन् ।

एमाले स्रोतका अनुसार आजै विहान ११ बजे दुवै पक्षका नेताहरु वार्तामा बस्ने भएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा हुने वार्तामा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल,उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागी हुनेछन् ।

त्यस्तै अर्को पक्षबाट झलनाथ खनाल र माधव नेपालसहित अन्य दुई नेता सहभागी हुने भएका छन् । माधव नेपाल पक्षले आइतवारमात्रै ओलीविरुद्ध संयुक्त वक्तव्य जारी गर्दै कम्युनिस्ट आन्दोलन विसर्जन गर्न लागेको आरोप लगाएको थियो ।

पार्टी विभाजन हुन नदिन अध्यक्ष ओलीले अशन्तुष्ट पक्षलाई संवादका लागि बोलाएको निकट स्रोतले जनाएको छ । पुस ५ गते प्रतिनिधिसभा विघटनपछि विभाजित भएका नेताहरु एमाले ब्युँतिएपछि पहिलो पटक औपचारिक छलफलमा बस्दैछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu