Connect with us
Kapilvast Forest

माओवादी केन्द्रको ४ हजारको केन्द्रीय कमिटी २ सयमा झर्‍यो

२०७७, २ चैत्र सोमबारमा प्रकाशित

 

काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी २ सयमा झरेको छ ।नेकपा एमालेसँग एकता हुनुअघि माओवादी केन्द्रको केन्द्रीय कमिटी ४ हजार सदस्यीय थियो । एमालेसँग एकता हुँदा माओवादी केन्द्रबाट २ सय र एमालेबाट २४५ गरी ४४५ सदस्यीय केन्द्रीय समिति बनाइएको थियो ।

०७५ जेठ ३ मा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो । तर, त्यसभन्दा पहिल्यै दर्ता भएको अकर्को दलसँग नाम मिलेको भन्दै परेको रिटमा फैसला गर्दै सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई साविककै रुपमा फर्कादिएको थियो ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताएपछि आइतबार माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पहिलो पटक बसेको थियो । उक्त बैठकमा २ सय केन्द्रीय सदस्यहरु उपस्थित भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो ।

नेता श्रेष्ठका अनुसार अब माओवादी केन्द्रको केन्द्रीय समिति २०० नै कायम हुनेछ ।निर्वाचन आयोगमा माओवादी केन्द्रको ८७ सदस्यीय केन्द्रीय सचिवालयमात्रै गएको छ ।

नेताहरुका अनुसार माओवादी केन्द्र दर्ता हुँदा केन्द्रीय समिति पछि बुझाउने गरी केन्द्रीय सचिवालयमात्रै रहेको जानकारी आयोगमा गराइएको थियो ।

अब त्यही ८७ सदस्यीय केन्द्रीय सचिवालयले केन्द्रीय समितिलाई अनुमोदन गरेर निर्वाचन आयोगमा पठाउनेछ ।माओवादी केन्द्रको केन्द्रीय समितिको अर्को बैठक सोमबार बिहान ११ बजे बस्दैछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu