Connect with us
Kapilvast Forest

सभामुख सापकोटाद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आवहान

२०७७, २ चैत्र सोमबारमा प्रकाशित

 

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ ।आज दिउँसो २ बजे बस्नेगरी सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको हो ।

भोलि बस्ने प्रतिनिधि सभाको बैठकका विषयमा आवश्यक छलफलका लागि परामर्श समितिको बैठक बोलाइएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले लोकपथलाई जानकारी दिनु भयो ।

संसद पुनर्स्थापनपछि दुई पटक प्रतिनिधि सभाको बैठक बसेपनि परामर्श समितिको बैठक बस्न सकेको थिएन।प्रतिनिधिसभा नियमावलीको नियम १३ मा कार्यव्यवस्था परामर्श समितिको व्यवस्था गरिएको छ।

उक्त नियमावलीमा बैठकमा पेश हुने विषयहरुको प्राथमिकता र समयावधि निर्धारण लगायतका विषयमा छलफलका लागि पराशर्म समितिको बैठक बोलाइने गरिन्छ ।

त्यस्तै सभामुखले आवश्यक ठहऱ्याएको अन्य विषयमा परामर्श दिन सभामुखको अध्यक्षतामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलीय प्रतिनिधित्वको आधारमा बढीमा सत्र जना सदस्य रहेको एक कार्यव्यवस्था परामर्श समितिगठन गर्न सकिने व्यवस्था रहेको छ ।दिउँसो संसद सचिववायमा बैठक बस्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu