Connect with us
Kapilvast Forest

ओली-नेपालको वार्तामा निष्कर्ष निस्किएन, दुवै पक्षको अडान कायम

२०७७, २ चैत्र सोमबारमा प्रकाशित

काठमाडौं -प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबिचको वार्ता सकिएको छ। पार्टी कार्यालय धुम्बाराहीमा साढे २ घण्टा भन्दा बढी छलफल भए पनि सहमति भने नभए नेता भीम रावलले जानकारी दिनु भयो ।

‘आजको छलफलमा प्रमबाट र हामीले धारणा राखौं। उहाँले पनि एकता बनाउने धारणा राख्नुभयो। हाम्रा सम्पूर्ण काम ३ वर्ष अघिबाटै अगाडि बढनुपर्छ भन्दै आएका थियौं। तर, पार्टी अध्यक्षबाट जुन काम कारवाही भयो मुख्यगरी २८ गतेको निर्णयको प्रभाव पनि शून्य हुन्छ भन्ने हो,’ रावलले भन्नू भयो, ‘तर त्यो कुरालाई प्रधानमन्त्रीबाट सुन्न पाइएन। त्यसैले सहमति गर्ने कुरै भएन। त्यसकारण कुरा मिलेन।’

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपा अस्तित्वमा नभएको आदेश दिएपछि एमाले र माओवादी केन्द्रका नेता आ-आफ्नो पार्टीमा फर्किएका थिए। एमलेका वरिष्ठ नेता माधवकुमार नेपाल र झनलनाथ खनाल आफ्नै पार्टीमा फर्किएपछि पार्टी भित्रको विवाद चर्किएको छ। नेपाल-खनालले चैत ३३ र ४ गते भेला बोलाएका छन् भने ओलीले ७ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाउनु भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu