Connect with us
Kapilvast Forest

कांग्रेसले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव लादैन: वरिष्ठ नेता पौडेल

२०७७, २ चैत्र सोमबारमा प्रकाशित

Ramchandra-Poudel-1.jpg

 

पर्वत-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस संसद्को दोस्रो दल भएकाले प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव नलैजाने बताउनुभएको छ । उहाँले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताउनुभयो ।
सदरमुकाम कुश्मा बजारमा सोमबार प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले संविधान र संसदमाथि हुने हमलाको सामना गर्नु कांग्रेसको मुख्य दायित्व रहेको बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले कांग्रेस दोस्रो दल भएकाले प्रधानमन्त्रीविरुद्ध आफूले अविश्वास प्रस्ताव नलैजाने तर अरूले लगेमा साथ दिने स्पष्ट गर्नुभयो । नेता पौडेलले विकृत राजनीतिको अन्त्यका लागि कांग्रेसले विशेष पहल गर्नुपर्ने बताउनुभयो ।

“देशको हित गर्न कांग्रेस सरकारमा जान तयार हुनुपर्छ तर अन्य दलको बुइ चढेर सत्तामा गइहाल्न हुँदैन”, पूर्व उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, “अहिले सत्ताभन्दा पनि आफ्नो पार्टीलाई कसरी जनतासमक्ष लोकप्रिय बनाउने भन्नेमा लाग्नुपर्छ, कांग्रेस आन्तरिक किचलोमा फसेको छ, सबै मिलेर कांग्रेसलाई जनताको पहिलो पार्टी बनाउनुपर्छ ।”

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu