Connect with us
Kapilvast Forest

आज संसद बैठक : एजेण्डा शोक प्रस्ताव मात्रै

२०७७, ३ चैत्र मंगलवारमा प्रकाशित

samsad bhawan
काठमाडौं- सर्वोच्च अदालतले विघटन बदर गरेपछि सुरु भएको प्रतिनिधिसभाको बैठक पूर्वसांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्नमै सीमित हुन थालेको छ ।

फागुन २३ र २६ मा बसेको दुई बैठकमा संसदमा कुनै पनि राजनैतिक एजेन्डामा छलफल हुन सकेको छैन । फागुन २३ मा विवादित संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन अध्यादेश पेस भएपछि प्रमुख प्रतिपक्षी कांग्रेसले बैठक अवरुद्ध गरेको थियो ।

दोस्रो बैठक १४ जना पूर्वसांसद र प्रतिनिधिसभा सदस्यको निधनमा शोक प्रस्ताव गरेर टुंगिएको थियो । मंगलबार (आज) बस्ने तेस्रो बैठकमा पनि संविधानसभा सदस्यको शोक प्रस्ताव पारित र बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।

संसद् सचिवालयले मंगलबारको बैठकमा अध्यादेश पेस गर्ने, नेताहरुको संसदमा सम्बोधन गर्नेलगायत विषयमा छलफल गर्न सोमबार कार्य व्यवस्था परामर्श समितिको बैठक राखिएको थियो । तर बैठकमा अध्यादेश पेस गर्न दलहरुबीच सहमति जुटेन ।

सरकारले गरेको विघटन अदालतले बदर गरे पनि संघीय संसद् सचिवालयले बैठक राख्न आनाकानी गरिरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu