Connect with us
Kapilvast Forest

खनाल-नेपालको पत्रकार सम्मेलन अपरान्ह २ बजे

२०७७, ३ चैत्र मंगलवारमा प्रकाशित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आज अपरान्ह २ बजे पत्रकार सम्मेलन गर्ने भएको छ । ललितपुरस्थित हेरिटेज गार्डेनमा पत्रकार सम्मेलनको आयोजना गरिएको सचिव योगेश भट्टराइले जानकारी दिनुभयो । भोली चैत्र ४ र ५ गते राजधानीमा आयोजना गरिएको राष्ट्रिय कार्यकर्ता भेलाका सन्दर्भमा दिउँसो पत्रकार सम्मेलन बोलाइएको हो ।

खनाल-नेपाल समूहले देशभरिका नेता कार्यकर्तालाई पार्टीमा उत्पन्न पछिल्लो अवस्थाबारे प्रष्ट पार्न र बदलिँदो परिवेशमा कार्यकर्ताको भूमिका कस्तो हुने भन्नेबारे जानकारी गराउन राजधानीमा भेला बोलाएको जनाएको छ । पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीमा संकट उत्पन्न हुनुका कारण, संकट निवारणका लागि आफूहरुले गरिरहेको प्रयास तथा अब खेल्नुपर्ने भूमिकाबारे नेताहरुले प्रष्ट पार्ने र कार्यकर्ताका सुझाव लिन राष्ट्रिय कार्यकर्ता भेला बोलाइएको उल्लेख गर्नुभयो ।

‘सर्वोच्च अदालतको पछिल्लो फैसलाले पार्टी ब्युँतिए पनि अब कसरी अघि बढ्ने भन्नेबारे पार्टी अध्यक्ष केपी शर्मा ओलीले परामर्श गर्नुको सट्टा एकलौटी अघि बढिरहेको, स्वेच्छाचारिता झन बढाएको र गत फागुन २८ गते गुटको बैठक बोलाएर अनाधिकृत निर्णय गरेकोले आफूहरुले पनि कार्यकर्तालाई सचेत पार्न भेला आयोजना गर्नुपरेको हो’ उपाध्यक्ष शाक्यले जनतासमाचारलाई जानकारी दिनुभयो ।

ओली समूहले वरिष्ठ नेताद्वय खनाल र नेपाल पक्षधर नेताहरुसँग सोमबार अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न बैठक बोलाए पनि कुनै सहमति बन्न सकेन । बैठकमा वरिष्ठ नेता नेपाललगायतले ओली गुट बसेर २८ गते गरेको एकलौटी गरेको निर्णय खारेज गर्नुपर्ने अडान राखेको र ओलीले त्यसलाई सँच्याएर अघि बढ्न सकिने तर खारेज गर्न नसकिने अडान लिएपछि बैठक विना निष्कर्ष टुंगिएको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu