Connect with us
Kapilvast Forest

रुपान्त्रण कार्यक्रम: जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण 

२०७७, ६ चैत्र शुक्रबारमा प्रकाशित

कपिलवस्तु –

किशोरीहरुको समग्र विकासकालागि सामाजिक तथा आर्थिक सिप विकास रुपान्त्रण कार्यक्र अन्र्गत जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम तौलिहवामा सुरु भएको छ । संयुक्त राष्ट्र जनसंख्या कोष युएनएफपिएको सहयोगमा नेपाल परिवार नियोजन संघ कपिलवसतुको आयोजनामा १० दिने तालिकको सुभारम्भ गरिएको हो ।

तालिको उदघाटन सत्रको सुभारम्भ गर्दै जिल्ला समन्वय समिति की उप प्रमुख तारावती चौधरीले तालिमले किशोरकिशोराहरु सचेत भई गाउ समाजमा समेत सचेतना फैलाउने बताईन । उनले यौन तथा प्रजजन स्वास्थ्यका बिषयमा अझै पनि खुलेर बोल्न नसकिरहेको बेला एकीकृत परिवार नियोजनको विषयलाई समेटेर तयार गरिएको रुपान्त्रण कक्षाले किशोर किशाराहरुलाई ज्ञान दिने बताईन ।

सो अवसरमा युएनएफपिएका कपिलवस्तु प्रमुख चित्र महतोले परिवार नियोजनका बिषयमा समेत कपिलवस्त्ुको अवस्था कमजोर बताए । उनले बालविवाह, यौजन तथा प्रजजन स्वास्थ्यको सवाल अझै पनि कायम रहेको उनले बताए । कार्यक्रममा संघका जिल्ला सभापति खग प्रसाद चापागाईले परिवार नियोजनको विषयलाई अर्झै पनि समाजले राम्ररी बुुझन नसक्दा समस्या आएको बताए । उनले परिवार नियोजनको बिषय र सवाललाई गाउ गाउमा ब्यापकरुपमा लैजानु पर्ने बताए ।

उनले योे बिषयलाई किशार किशोराहरुले सशक्तरुपमा उठान गर्नु पर्ने बताए । तालिममा ४ पालिकाका २० जना किशोर किशोराहरु सहभागी छन । तालिममा गीता वली र सुस्मा शर्माले सहजीकरण गरेका छन । उदघाटन कार्यक्रम सघका अध्यक्ष चापागाईको अध्यक्षता र सुसमा आचार्यको संचालनमा भएको कार्यक्रममा संघका प्रबन्धक बिष्णु ज्ञवाली कोषाध्यक्ष बिजयलक्ष्मी सिंह लगायतले मन्तब्य दिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu