Connect with us
Kapilvast Forest

२ सय बढी बिपन्न बिद्यार्थीलाई झोला र शैक्षिक सामाग्री

२०७७, ६ चैत्र शुक्रबारमा प्रकाशित

कपिलवस्तु –
आफनो वडा भित्र रहेको अति बिपन्न २ सय बढी बिद्यार्थीलाई कपिलवस्तु नगरपालिका वडा नम्बर ९ ले एक लाख मुल्यको झोला सहीत स्टेस्नरी बितरण गरेको छ । वडाका बिदालय र मदर्सा गरी आधा दर्जन बिद्यालयका २ सय ५ जनालाई झोला, कपी, कलम, पेन्सील टीफिन बक्स लगायतका सामाग्री बाडिएको हो ।

वडाअध्यक्ष शिव बहादुर बाग्ले ६ वटै बिदालयमा पुगेर सो सामाग्री हस्तान्तरण गरेका थिए । वडाध्यक्ष वाग्लेले बिपन्न बिद्यार्थीलाई अध्ययनमा सहजता र निरन्तरताकालागि सो समाग्री बाडिएको बताए । उनले यो कार्यक्रमलाई वडाले हरेक बर्ष गर्ने योजना रहेको बताए ।

कनकमुनी उमाबिका ७५, कुस्माका ४५, हरनामपुरका ४७, बन्डौली मदर्साका ३५ बिद्यार्थीलाई झोला र स्टेस्नरी बाडिएको थियो । यस्तै निग्लीहवा मदर्सामा ६ कापी, पेन्सील तथा ६० जनालाई टिफिन बक्स बितरण गरिएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu