Connect with us
Kapilvast Forest

लालीगुराँसले ‘राताम्मे’ लमजुङका डाँडापाखा (फोटो फिचर)

२०७७, १० चैत्र मंगलवारमा प्रकाशित

लमजुङ – लमजुङको डाँडापाखामा यतिबेला विभिन्न थरीका लालीगुराँस फुलेका छन् । लालीगुराँसमा सजिएका छन्, लमजुङका डाँडापाखा । लालीगुराँस हेर्नकै लागि लालीगुराँस फुलेका डाँडापाखामा धाउनेको सङ्ख्या बढ्दै गएको छ । लालीगुराँसले आन्तरिक पर्यटकको ध्यान खिचेको छ ।

होमस्टे सञ्चालन भएका गाउँमा त लालीगुराँस हेर्नकै लागि अहिले दैनिक पर्यटक पुग्ने गरेका छन् । होमस्टेमै बस्ने गरेका छन् ।

लमजुङको पर्यटकीय गाउँ राइनासकोट क्षेत्रमा पनि लालीगुराँस फुलेका छन् । लालीगुराँस पर्यटकको रोजाइमा पर्ने गरेको छ ।‘वन पाखामा लालीगुराँस फुल्न थालेका छन् ।

‘सहर–बजारबाट आउने पर्यटक लालीगुराँस हेर्न, तस्बिर खिचाउन पाउँदा निकै खुसी हुन्छन्’, काउलेपानी सामुदायिक होमस्टे समितिका अध्यक्ष गुरुङले भन्नुभयो, ‘लालीगुराँस प्याकेजले पर्यटकको आगमन वृद्धिका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याएकाे छ ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu