Connect with us
Kapilvast Forest

सरकारले विश्वासको मत लिनुपर्दैन :मन्त्री ज्ञवाली

२०७७, २३ चैत्र सोमबारमा प्रकाशित

pardip-gyawali.jpg

काठमाडौं -परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले विश्वासको मत लिनुनपर्ने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले अहिलेको सरकारले विश्वासको मत लिनुनपर्ने बताउनु भएको हो ।

ज्ञवालीले सरकरले संसदलाई बिजनेस नदिएको भन्ने भनाइको खण्डन गर्नु भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले सरकारले संसदलाई बिजनेस नदिएको भन्ने भनाइमा सत्यता नरहेको बताउनु भएको हो ।

‘सरकारले विभिन्न सन्धिहरु सरकारले अनुमोदनका लागि पेस गरेको छ । किन अगाडि बढेका छैनन् रु म भन्न सक्दिन । सदनको एजेन्डा सरकारले तय गर्ने होइन । सरकारले दर्ता गर्ने हो’ मन्त्री ज्ञवालीको जवाफ छ । ‘एमसीसी भन्नुस्, आइएइएको एटोमिक इनर्जीसँग सम्बन्धित सम्झौता भन्नुस्, अन्तर्राष्ट्रिय सन्धिहरु अनुमोदनका लागि संसदमा दर्ता भएका छन् । हामी त सधैं तयार छौं ।

सदनले किन अगाडि बढाइरहेको छैन । सदन स्वयंले यसको जवाफ दिनुपर्छ’ मन्त्री ज्ञवालीले प्रतिप्रश्न गर्नु भयो । काँग्रेस सांसदहरुले एमसीसी लगायतका सन्धि सदनबाट अगाडि बढाउन सरकार किन अग्रसर नभएको हो भनेर प्रश्न गर्नु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu