Connect with us
Kapilvast Forest

बाँस्कोटा र कँडेलको संसदमा जुहारी, साउने चस्मा देखी गुरु-चेलाको चर्चा

२०७७, २३ चैत्र सोमबारमा प्रकाशित

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारका काम कारबाहीको प्रतिरक्षा गर्दै पछिल्ला उपलब्धिको प्रशंसा गर्नाका साटो विरोधका लागि विरोध मात्र गरेको बत्ताएपछि आज संसद्मा सांसदहरू बिच निकै घोचपेच चलेको छ। उनको जवाफमा नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेल लगायतका सांसदहरूले बोलेपछि संसद् बैठक रोचक बनेको हो।

सरकारले स्वाधीनता, विकास र समृद्धिका यात्रामा तीन वर्षमा ऐतिहासिक उपलब्धि हासिल गरेको बताउँदै बाँस्कोटाले भने, ‘सरकारले तीव्र विकास गरिरहेको छ, केहीलाई देखी नसक्नु भएको छ, विकास निर्माण देख्न र सुन्न नसक्नेले कानमा कपास र देख्न नसक्नेले साउने चस्मा लगाए हुन्छ ।’

त्यसपछि बोलेका नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले बाँस्कोटातर्फ लक्षित गरेर भने, ‘जस्ता गुरु, त्यस्तै चेला ।’ उनी त्यतिमा मात्र चुप लगेनन् बरु २०७४ सालको चुनावको प्रचारको क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले गोरखा पुगेर शेरबहादुर देउवालाई काँग्रेसको अन्तिम प्रधानमन्त्री भन्दै कार्यकर्तालाई समवेदना दिएको स्मरण गर्दै थपे, ‘देशको प्रधानमन्त्री भइसकेको व्यक्ति र पार्टीको अध्यक्ष जस्तो पदमा बसेर के बोल्ने, के नबोल्ने भन्ने कुरा ज्ञान नै छैन ।’

कँडेल प्रधानमन्त्रीको कुनै पनि हालतमा सत्ता नछोड्ने कुर्सी मोहका कारण मुलुक लामो समयदेखि राजनीतिक अन्योलमा फसेको भने, ‘सर्वोच्च अदालतको निर्णयपछि सरकारले एक खाले निकास दिनुपर्थ्यो, आफ्नो पछाडिको जनमत र संसदीय दलको समर्थन कस्तो छ भनेर प्रधानमन्त्रीले अब पनि विश्वासको मत लिन कि नलिने ?’

आफ्नो सम्बोधनको क्रममा बाँस्कोटाले सरकारको समर्थन फिर्ता लिन समेत एमाओवादीलाई चुनौती दिँदै भने, ‘समर्थन फिर्ता लिन र विकल्प प्रस्तुत गर्न नसक्ने पक्षले वर्तमान सरकारलाई कामचलाऊ भन्न सुहाउँदैन।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu