Connect with us
Kapilvast Forest

‘ओली नै एमालेको अन्तिम प्रधानमन्त्री हुन सक्छन्:कांग्रेस

२०७७, २३ चैत्र सोमबारमा प्रकाशित

काठमाडौं -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अलिकति नैतिकता भए विश्वासको मत लिनुपर्ने बताउनु भएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले भन्नु भयो , ‘प्रधानमन्त्रीलाई कुर्सीको मोहले पीडा छ। कुनै हालतमा छोड्न सक्दैन। ओलीले त्यो बेला चुनावताका गोरखाको एक कार्यक्रममा पुगेर कांग्रेसको नेतृत्वको अन्तिम प्रधानमन्त्री देउवा भनेका थिए। तर, अहिले म भन्छु यही अवस्थाले एमालेको अन्तिम प्रधानमन्त्री ओली हुने देखिन्छ।’

उहाँले संविधानको अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिनै पर्ने दाबी गर्नु भयो । ‘संविधानको धारा ७६ ९१० अनुसार यो सरकार अगाडि बढेको हो। अदालतको निर्णयपछि हामी नेकपालाई विश्वास मत लिएको देखेका थियौँ। एमाले होइन’ उनले भने, ‘संविधानको धारा १००९२० प्रधानमन्त्रीको दल विभाजित भएमा वा समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने उल्लेख छ। आज २३ गते ३० दिन पूरा भयो।’

उहाँले संसदमा नेकपा चिनेको भएकाले एमाले नचिनेको बताउनु भयो । ‘हामीले एमाले चिन्दैनौँ। अलिकति नैतिकता छ भने उहाँले विश्वासको मत लिने कि नलिनेरु सर्वोच्चले विभाजन गरेपछि उहाँले विश्वासको मत लिनैपर्छ’ उहाँले भन्नु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu