Connect with us
Kapilvast Forest

तिलोत्तमामा रहेको नयाँ शैलीको द ट्रि रेष्टुरेन्ट एण्ड लज(फोटोपिचर )

२०७७, २३ चैत्र सोमबारमा प्रकाशित

रुपन्देही-नेपाली भुमिमै व्यवसायिक जीवन समृद्ध बनाउने उद्धेश्य धेरै युवाहरूले बोकेका हुन्छन तर सम्भावनाका बिचमा पनि संघर्षको बाटो पहिल्याउन नसक्दा भने बैदेशिक रोजगारमा जानेको लर्को नेपालमा ठूलो छ । यसैका बिचमा लामो समय विदेशी भूमिमा पसिना बगाउँदै नेपालमा व्यवसायिक जीवनमा लागेका रुपन्देहीको तिलोत्तमा नगरपालिकाका केही युवाहरु नयाँ शैलीको एक मनमोहक होटल व्यवसायमा लागेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका अनिल न्यौपाने, सुनिल कडेँल, राहुल पाण्डे र राजन पंगेनीले सामुहिक लगानीबाट मणिग्राममा द ट्रि रेष्टुरेन्ट एण्ड लज संचालन गरी नेपालमै केही गर्ने सोचका साथ व्यावसायिक जीवन सफल बनाउने उद्धेश्य रहेको सुनाए । करिब करोड बढिको आर्थिक लगानीबाट चार जना युवाहरुले संचालन गरेको सो होटल लुम्बिनी प्रदेशका लागि एक उत्कृष्ट गन्तव्य र नयाँ आयामको होटल व्यवसायको रुपमा हेरिएको छ ।

करिब १५ जना कामदार र धेरै कलाकारलाई आफ्नो व्यवसायले रोजगार दिएको संचालकहरुले बताएका छ्न । दिनहुँ जसो फोटो खिच्ने र टिकटक बनाउने को लर्को नै लाग्ने गरेको देख्न सकिन्छ। लामो समय सम्म देश तथा विदेशका विभिन्न झेत्रहरुमा काम गरेको अनुभव संगालेका उनीहरुले आफ्नै देशमा पनि केही गर्न सकिन्छ भने सोचका साथ होटल व्यवसायमा लागेको बताउछ्न ।

संचालक अनिल न्यौपानेका अनुसार आफू कोरिया जस्तो मुलुकमा लाखौंको कमाई छोडेर ५ बर्ष समय बिताएको तितो अनुभव सुनाउदै, परिवार संगै रहि दुख सुखका साथ रमाउने उदेश्यका साथ व्यवसाय संचालन गरेको बताए सो होटलमा रुख आकारको कटेज र नयाँ प्रविधिको प्रयोगबाट निर्माण भएका भैतिक संरचनाले आन्तरिक पर्यटकहरुलार्य अकर्षित गरिरहेको छ ।

हरियाली तथा मनमोहक वातावरण सहित साझको समयमा विभिन्न खालको सुमधुर संगीतिक माहोल र दृश्याअवलोकनले दिनमा भन्दा रातको समयमा विभिन्न जिल्लाबाट नगरिकहरुलाई बढी आकर्षण गर्ने गरेको छ । लोप हुँदै गई रहेको लाल्टिन जस्ता पुरातात्त्विक भाडाहरु पनि त्यहाँ देख्न सकिन्छ । यश सङै हस्तकलाबाट बनाएका निकै मनमोहक तस्बिर पनि भितामा सजिएको छ । होटल व्यवसायहरु नेपालमा धेरै रहेको भए पनि आफुहरुले होटलमा प्रवेश गर्ने ग्रहकहरुलाई फरक र नयाँ महशुस गर्ने गरी ग्रहकहरुलाई सुविधा दिने प्रयास गरेको अर्का संचालक सुनिल कँडेलले बताए । विदेशको अनुभव र सिपलाई नेपालमै सदुपयोग गर्न खोजिएको भन्दै संचालकहरुले व्यवसाय गर्न सक्ने वातावरणको सिर्जना राज्यस्तरबाटै हुनेपर्नेमा भने जोड दिएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu