Connect with us
Kapilvast Forest

गुल्मी कारागारका कार्यालय सहयोगीद्वारा आत्महत्या

२०७८, ७ बैशाख मंगलवारमा प्रकाशित

death

गुल्मी-गुल्मी कारागारमा एक जना कार्यालय सहयोगी मृत फेलापर्नु भएको छ ।मंगलबार बिहान कारागारका कार्यालय सहयोगी रहेका रेसुङ्गा नगरपालिका-१० सिमीचौर बस्ने ४४ वर्षीय गोविन्दप्रसाद पाण्डे मृत फेला पर्नु भएको हो ।

बिहान करिब ८ बजेदेखि पौने ९ बजे बीचमा पालु पहरामा बसेको बेलामा झुण्डिएर आत्महत्या गरेको कारागार प्रमुख भेषराज पन्थले जानकारी दिन भयो ।

अफिसकै कोठामा झुण्डिएको हो। कार्यालय प्रमुखको कार्यकक्ष मेरो कोठाको पछाडि एउटा कोठा छ। त्यहाँको कोठाको सिलिङमा फ्यान राख्ने ठाउँमा डोरी पासो लगाएर झुण्डिनुभएको हो,पन्थले भन्नु भयो पालु पहरामा एक जना २४ घण्टै उपस्थित हुन्छन्। त्यसले प्रशासनको प्रतिनिधित्व गर्ने। गएरातिदेखि कारागारभित्र ड्युटीमै बस्नुभएका उहाँले आत्महत्या गर्नुभयो।

पाण्डे ६० साल देखि करारमा कारागारमा कार्यरत थिए। उनी गत चैत ३० गतेमात्रै घर गएर काममा फर्किनु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu