Connect with us
Kapilvast Forest

सुरेन्द्र पाण्डेको स्पष्टीकरण- दुष्परिणामको भागिदार ओली नै हुनुपर्ने छ

२०७८, ९ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं- नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले आफूले पार्टी विधानको कुनै पनि धाराको व्यवस्था विपरीत कुनै काम नगरेको स्पष्ट पार्नु भएको छ । पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ फर्काउँदै उहाँले आफूमाथि लगाइएका आरोपको प्रतिवाद गर्नु भएको छ ।

पार्टीको सर्वोच्च संस्था राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन तथा त्यसबाट पारित विधानको रक्षाको लागि सक्रिय हुँदा ‘अर्को राजनीतिक दल खोलेको’ जस्तो निराधार र हास्यास्पद तर्क गरी जनताको मतबाट निर्वाचित प्रतिनिधि सभाको पद नै समाप्त गरिदिने आशयको पत्र लेख्नु नेपालको संविधान, कानुन र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधान तथा मिति २०७७र११र२३ को श्री सर्वोच्च अदालतको फैसला विपरीत छु, पाण्डेको पत्रमा उल्लेख छ।

उहाँले आफ्ना गतिविधिलाई ‘अलग पार्टी खोलेको’ अर्थ लगाउन नमिल्ने बताउनुभएको छ । पाण्डेले गत चैत्र ४ र ५ गते आफू पक्षले गरेको राष्ट्रिय कार्यकर्ता भेला पनि नवौं राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक मार्ग निर्देशन र विधानको प्रतिरक्षा तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता र हितमा उक्त प्रयोजन र उद्देश्यका लागि आयोजित कार्यक्रम भएको बताउनुभएको छ । उक्त भेलाले पार्टी एकतालाई मजबुत बनाउने कुरामा नै जोड दिएको उहाँको भनाइ छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu