Connect with us
Kapilvast Forest

जसपा एकताको रक्षा गर्न बाबुराम भट्टराईको अपिल

२०७८, १० बैशाख शुक्रबारमा प्रकाशित

baburam bhatrai ncn

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) एकतालाई रक्षा गर्न अपिल गर्नु भएको छ ।

जसपा स्थापनाको एक वर्ष पूरा भएको उपलक्ष्यमा अध्यक्ष भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा वैकल्पिक शक्तिको रुपमा स्थापित पार्टीको रक्षा गर्दै देशको नेतृत्वदायी स्थानमा पुर्‍याउनुपर्ने भन्दै भित्री–बाहिरी आँधीबेहरीबाट रक्षा गर्नुपर्ने बताउनुभएको छ ।

डाक्टर भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ ‘जनता समाजवादी पार्टी स्थापनाको एक वर्ष पूरा भएको उपलक्ष्यमा सबै नेता अभियन्ता, समर्थक र जनसमुदायमा हार्दिक बधाई तथा शुभकामना। हिमाल पहाड तराई मधेस जोड्ने अग्रगामी वैकल्पिक शक्तिको रुपमा स्थापित जसपालाई सबै भित्री–बाहिरी आँधीबेहरीबाट रक्षा गर्दै देशको नेतृत्वदायी स्थानमा पुर्‍याऔं’

तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच १० वैशाख २०७७ मा एकीकरण हुँदै जसपा स्थापना भएको थियो। अहिले जनता समाजवादी पार्टी फुटको संघारमा छ। अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो ओली सरकारलाई समर्थन दिँदै सरकारमा जाने पक्षमा रहनुभएको छ । अर्का अध्यक्ष उपेन्द्र यादव र संघिय परिषद अध्यक्ष भट्टराई भने ओलीलाई समर्थन गर्न नसकिने बताउँदै आउनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu