Connect with us
Kapilvast Forest

​फ्लोर क्रशु गर्ने कर्णालीका चार जनालाई सांसद पद नरहने गरी कारवाही गर्ने एमालेको निर्णय

२०७८, १० बैशाख शुक्रबारमा प्रकाशित

काठमाडौं-नेकपा एमालेले कर्णाली प्रदेशमा माओवादी नेता महेन्द्रबहादुर शाहीको नेतृत्वको सरकारलाई जोगाउन फ्लोर क्रशु गर्ने चार सांसदलाई पार्टी सदस्यता समेत नरहने गरी कारवाही गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले दलीय ह्वीप उल्लंघन गर्ने चार जनालाई सांसद पदबाट हटाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो ।

कर्णाली सरकारमा सहभागी मन्त्री अमर थापा, नन्दसिंह बुढा, कुर्मराज शाही र पूर्व मन्त्री प्रकाश ज्वालाको सांसद पद रिक्त गराउने निर्णय भएको छ ।

वैशाख ३ गते कर्णाली प्रदेश सभामा भएको मत विभाजनमा चार सांसदले फ्लोर क्रशु गरेका थिए ।स्पष्टीकरण सोधिएका केन्द्रका २७ सांसदको बारेमा भने अहिलेसम्म कुनै निर्णय भएको छैन ।बैठकले १८ सदस्यीय स्थायी कमिटी पनि गठन गरेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu