Connect with us
Kapilvast Forest

समाजसेवी गुप्ताद्वारा निशुल्क माक्स वितरण

२०७८, १६ बैशाख बिहीबारमा प्रकाशित

कपिलवस्तु– कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गए पनि कपिलवस्तुमा मास्कको प्रयोग गर्न छाडेपछि निशुल्क मास्क वितरण थालिएको छ। कपिलवस्तुको शिवराज नगरपालिकाका समाजसेवी सतिश चन्द्र गुप्ताले अनिवार्य मास्क लगाउन आग्रह गर्दै निशुल्क मास्क वितरण गर्नु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका रुद्रपुर चौक बजार क्षेत्रमा समेत मास्क नलगाइ पैदल यात्रा गर्नेलाई निशुल्क मास्क वितरण गरिएको समाजसेवी गुप्ताले जानकारी दिनु भयो ।
तपाईंको माक्स खोइ भन्ने ब्यानर सहित पैदल यात्रु लगायतलाई झण्डै १ हजार बढी निशुल्क मास्क वितरण गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
कोभिड–१९ विरुद्ध जनचेतना बढाउन रुद्रपुर चोक लगायतका क्षेत्रमा निःशुल्क मास्क वितरण गरिएको चन्द्रौटाका प्रहरी निरीक्षक शंकर प्रसाद आचार्यले जानकारी दिनुभयो ।
प्रहरी सहितको टोलीले मास्क नलगाइ हिंडेकालाई निशुल्क मास्क वितरण गरेका हौं। बजरमा किनमेलका लागि आउनेलाई यस्तो मास्क दिएका हौं’, उहाले भन्नू भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu