Connect with us
Kapilvast Forest

जनप्रतिनिधिलाई शितगंगाका केसिको सुझाब

२०७८, २१ बैशाख मंगलवारमा प्रकाशित

अर्घाखाँची-शितगंगा २ सितापुर विश्वब्यापी फैलिएको दोस्रो चरणको नया भेरियन्ट सहितको कोभिड-१९ कोरोना भाइरसले ऐले जन जिबन अस्त ब्यस्त पार्दै गर्दा हाम्रो शितगङ्गा नगरपालिकाका बिस्वभरि छरिएका जनताहरुपनि दैनिक जस्तै कोरोनाकै कारण जनता मृत्युदर बढि रहेको खबर सुनिएकै छ। ऐले फ्याट फुट्ट गाउमै पनि कोरोनाकै कारण मृत्यु भएको खबर सवै सामु आउन थालेको छ।

सितगंगा नगरपालिका अर्घाखाँची को दक्षिणमा रहेको ६१०.४३ वर्ग कि.मि. मा फैलिएको ४३,३७३ जनसंख्या भएको क्षेत्रफलको हिसाबले नेपालकै सबै भन्दा ठुलो नगरपालिका हो.यस ठाउका जनताहरु प्रमुख आम्दानी भनेकै वैदेशिक रोजगारनै मानिएको देखिन्छ। ऐले विभिन्न देश लगाएत तेस्रो मुलुकमा करिब ११,००० युवाहरु बिदेशिन बाध्य भएको डाटाले बताएको छ। पहिलो चरणको कोरोनामा बिभिन्न मुलुकबाट गाउँ फर्केका जनतालाई क्वारेन्टिन ब्यबस्थापन स्वास्थ सामाग्री विभिन्न नाकामा अलपत्र परेका जनतालाइ नगरपालिकाले ठुलै गुन लगाएकै हो।

खर्च लगभग ८० लाख सकिएकै हो । त्यसकारण ऐले दोश्रो चरणको यो माहामारिमा जनताले आश गरि रहेका छन। ऐले काठमाण्डौ लगाएत बिभिन्न तेस्रो मुलुकबाट फर्कने जनतालाई होम क्वारेन्टिन भनिएको छ त्यसकारण झन माहामारी फैलिएको छ। यदि सकिन्छ भने चेकजाचमा कन्चुसाई नगरौ सकिन्न ब्यबस्थापनमा जोड दिऔ।

अब के गर्ने ? हामिले के गर्दा ठिक होला भनेर खै जनप्रतिनिधिहरु आपत्कालिन मिटिङ्ग? सुचना प्रभाह गरेर मात्र पुग्छ र ? शैक्षिक सस्था बन्द भएको छ।अबको बैकल्पिक उपाए धेरै छन अक्सिजन नभएकै कारण मर्नु पर्ने बाध्यातालाई न्यून गर्न हामिले कदम चाल्नै पर्छ स्थानिय सरकार.के सहयोग गर्नु पर्छ हामी सहयोग गर्छौ। बेरोजगार सावधानि अपनाएर युवालाई परिचालन गरौ पैसा चाइदैन तलब दिन पर्दैन फृमै जनताको सेवा गर्न हामि तयार छौ। यदि सकिन्छ भने १४ ओटै वडामा आपत्कालिन अक्सिजन सहितको आइसोलेसन राखौ।

माहामारिमा कम्सेकम विभिन्न हस्पिटलमा आइसियियु खाली हुदा टान्सफर गर्न मिलोस। अक्सिजनकै कारण मर्न नपरोस । बजेटकै कमि छ भने अभियान चलाउ देश बिदेशमा सबै हाम्रै जनता छन। घर घरमा पैसा उठाऔ तर अक्सिजनकै कमिले मर्न नदिऔ।

विभिन्न योजनामा बजेट छुट्टिएकै छन तर खै त आपत्कालिक कोष ? माहामारी बाजा बजाएर आउदैन कोष खडा गर्दा पैसा सकिन्न बजेट हामी आफैले बनाउन सकिन्छ। पैसा छ भने बाटोपछि खनौला, भवन अर्को बर्ष बनाउला, खेल अर्को बर्ष खेलौला, तर अक्सिजनकै कमिले जनतालाई मर्न नदिऔ। हामि सबैजनताको ऐलेको आवस्यकलाई मध्यनजर गर्दै सम्भावना सहित कलम चलाएको छु। छिट्टै कार्यपालिकाको मिटिङ्ग बसेर यो कुराको कार्यनयन होस कामना सहित अनुरोध छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu